Techie IT
२०८२ श्रावण २८, बुधबार

हाम्रो भुमी रूसलाई दिने सर्तमा युद्दबिराम हुदैँन - जेलेन्स्की


युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुनै पनि हालतमा आफ्नो देशलाई रुसले दोस्रो पटक विभाजन गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले एक्स प्लेटफर्ममार्फत भिडियो पोष्ट गर्दै भने, “हामी यो दोस्रो विभाजनको प्रयासलाई विफल पार्नेछौं। हामी राम्रोसँग जान्दछौं, जहाँ दोस्रो विभाजन हुन्छ, त्यहाँ तेस्रो पनि हुन्छ। त्यसैले हामी आफ्नो अडानमा अडिग छौं। युद्ध शान्ति र बलियो सुरक्षा संरचनासँगै अन्त्य हुनुपर्छ।”

जेलेन्स्कीले थपे, रुसलाई भू-भाग दिएर होइन, न्यायपूर्ण र निष्पक्ष रुपमा युद्धको अन्त्य गर्नुपर्छ भने मात्र शान्ति स्थापित हुने बताएका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगस्ट १५ मा अलास्कामा भेटघाट गर्न लागेका छन्। उक्त बैठकमा युक्रेनसँगको युद्ध अन्त्य गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

अघिल्लो दिन ट्रम्पले युद्ध अन्त्यका लागि केही क्षेत्र साटासाट गर्नुपर्ने बताएका थिए, जसलाई जेलेन्स्कीले अस्विकार गरेका छन्। ट्रम्पले अब युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि त्रिपक्षीय वार्ता गर्न चाहेका छन् जसमा पुटिन पनि सहभागी हुने सम्भावना छ।

अमेरिका र रुसका राष्ट्रपतिहरूबीचको पछिल्लो भेट सन् २०२१ जुनमा जेनेभामा भएको थियो, जहाँ तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेन र पुटिनबीच वार्ता सम्पन्न भएको थियो।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले बुधबार यस बैठकको जानकारी दिँदै आगामी भेटको महत्त्वपूर्ण पक्षहरूबारे टिप्पणी गरेकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट