Techie IT
२०८२ श्रावण २६, सोमबार

गाजामा इजरायली आक्रमणमा अल जजीराका पाँच पत्रकारको मृत्यु


गाजाको अल-शिफा अस्पताल नजिकै इजरायली आक्रमणमा अल जजीराले आफ्ना दुई पत्रकारसहित पाँच जनाको मृत्यु भएको बताएको छ ।

अल जजीराका अनुसार, इजरायली आक्रमणको समयमा, संवाददाता मोहम्मद कुरेकी, क्यामेरापर्सन इब्राहिम जहिरमोआमेन अलिवा र मोहम्मद नौफल अस्पतालको मुख्य ढोकामा पत्रकारहरूका लागि बनाइएको पालमा थिए ।

त्यसअघि गाजामै भएको अर्को आक्रमणमा अल जजिराका अरबिक संवाददाता अल शरिफको पनि मृत्यु भएको थियो ।  

करिब दुई हप्ता अघि, अल जजीराले इजरायल रक्षा बल (आइडिएफ) को निन्दा गर्दै गाजामा अल-शरीफ लगायतका आफ्ना पत्रकारहरूविरुद्ध चलाइएको अभियान 'उत्तेजनाको अभियान' भएको बताएको थियो ।

आक्रमणको केही समय पछि, आइडिएफले अनस अल-शरीफमाथि आक्रमण गरेको पुष्टि गरेको छ । आइडिएफले उनीहरुले हमासको आतंकवादी सेलको प्रमुखको रूपमा काम गरिरहेको बताएको छ ।

आइडिएफले आक्रमणमा मारिएका अन्य कुनै पत्रकारको उल्लेख गरेको छैन । अल जजीराका प्रबन्ध सम्पादक मोहम्मद मोआदले अल-शरीफ गाजा भित्र संसारलाई समाचार रिपोर्ट गर्ने एकमात्र आवाज भएको बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट