Techie IT
२०८२ श्रावण २६, सोमबार

किन घट्यो दक्षिण कोरियामा सेनाको संख्या ?


दक्षिण कोरियाको सेनाको आकार घटेर ४ लाख ५० हजारमा पुगेको छ। आइतबार सार्वजनिक गरिएको रक्षा मन्त्रालयको तथ्यांक अनुसार, पछिल्लो ६ वर्षमा सेनाको संख्या करिब २० प्रतिशतले घटेको हो।

सेनाको आकार घट्नुको मुख्य कारण देशको अत्यन्तै कम जन्मदर मानिएको छ। दक्षिण कोरियाको जन्मदर प्रतिमहिला ०.७५ मात्र छ, जुन विश्वकै सबैभन्दा कम हो। देश उत्तर कोरियासँग प्राविधिक रूपमा युद्धको अवस्थामा भएकाले हरेक नागरिकका लागि सैन्य सेवा अनिवार्य गरिएको छ।

गत जुलाईमा सार्वजनिक एक अध्ययन प्रतिवेदन अनुसार, उत्तर कोरियाबाट सम्भावित आक्रमण रोक्न कम्तीमा ५ लाख सेना आवश्यक पर्छ। हाल उत्तर कोरियासँग करिब १३ लाख सक्रिय सेना छन्।

सन् २००६ यता दक्षिण कोरियाको सेनाका गणको संख्या ५९ बाट घटेर ४२ मा पुगेको छ। सेनाको संख्या घटेपछि कतिपय गण खारेज गरिएका छन् भने कतिपयलाई अर्को गणमा गाभिएको छ।

कोरियाली प्रायद्वीपमा बढ्दो तनावको बीचमा दक्षिण कोरियाले रक्षा बजेट क्रमशः बढाउँदै गएको छ। सन् २०२५ मा रक्षा बजेट ६०० खर्ब वन (४३ अर्ब अमेरिकी डलर) हुने अनुमान गरिएको छ, जुन उत्तर कोरियाको कुल गार्हस्थ उत्पादन (GDP) भन्दा धेरै हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट