Techie IT
२०८२ श्रावण २९, बिहीबार

मोदी–जेलेन्स्की फोनवार्ता : द्वन्द्वको शान्तिपूर्ण समाधानमा भारतको अडान


प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोनवार्ता भएको छ ।

प्रधानमन्त्री मोदीले कुराकानी बारे जानकारी दिदै द्वन्द्वको प्रारम्भ र शान्तिपूर्ण समाधानको आवश्यकता र यसमा भारतको अडानबारे जानकारी गराएको बताएका छन् ।

उनले भनेका छन्- 'राष्ट्रपति जेलेन्स्कीसँग कुरा गर्न र हालैका घटनाक्रमहरूमा उहाँको विचार सुन्न पाउँदा म खुसी छु । मैले उहाँलाई द्वन्द्वको प्रारम्भिक र शान्तिपूर्ण समाधानको आवश्यकता र यसमा भारतको अडानबारे जानकारी गराएको छु । भारत यस सम्बन्धमा हरेक सम्भव योगदान दिन र युक्रेनसँग द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन प्रतिबद्ध छ ।'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगस्ट १५ मा अलास्कामा भेट्ने कार्यक्रम तय भएको छ । यसै प्रसंगमा मोदी र जेलेन्स्कीबीचको वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट