Techie IT
२०८२ मंसिर २, मंगलबार

बङ्गलादेशमा बाघको सङ्ख्या ११ ले वृद्धि


ढाका, २३ असोज (रासस/सिन्ह्वा),

विश्वको सबैभन्दा ठूलो म्यानग्रोभ वनमध्ये एक सुन्दरवनको बङ्गलादेशी भागमा गरिएको सर्वेक्षणपछि बाघको सङ्ख्या ११ ले बढेको छ । बङ्गलादेशको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले मङ्गलबार ढाकामा पत्रकार सम्मेलनमा बाघको संख्या बढेको बताएका हुन् ।

उहाँले बङ्गलादेश र भारतको बीचमा रहेको सुन्दरवनमा गरिएको बाघ सर्वेक्षण २०२३–२०२४ का नतिजा प्रस्तुत गर्दै प्रति एक सय वर्ग किलोमिटर जङ्गलमा दुई दशमलव ६४ घनत्वसहित एक सय २५ वटा बाघको उपस्थिती रहेको बताउनुभयो। बङ्गलादेशको वन विभागले गत वर्ष जनवरीमा सुन्दरवनका छ सय ६५ स्थानमा बाघ गणना गर्न जम्मा एक हजार तीन सय ३० क्यामेरा जडान गर्न थालेको थियो।

सन् २०१८ मा सुन्दरवनमा बाघको सङ्ख्या एक सय छबाट बढेर एक सय १४ पुगेको थियो।पछिल्लो सर्वेक्षणले डमरुहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको जानकारी पनि दिनुभएको छ। यद्यपि डमरुहरूको उच्च मृत्युदरका कारण ती जनावरहरूको गणनामा समावेश गरिएको छैन।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट