Techie IT
२०८३ असोज २७, मंगलबार

अनेक मुद्दामा जेलमै रहेका इमरान खानलाई ८ मुद्दामा जमानत


पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआईका संस्थापक इमरान खानलाई मे ९ को दंगासँग सम्बन्धित ८ वटा मुद्दामा सर्वोच्च अदालतले जमानत दिएको छ ।

प्रधानन्यायाधीश याह्या अफ्रिदीको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले यो निर्णय गरेको हो । यसअघि लाहोर उच्च अदालतले जुनमा इमरानको जमानत याचिका खारेज गरेको थियो।

इमरानले दंगाको समयमा आफू एनएबीको हिरासतमा रहेकोले घटनामा संलग्न हुन सम्भव नभएको तर्क गरेका थिए। उनले एफआईआरमा लगाइएको आरोप निराधार भएको बताएका थिए । प्रहरीले साक्षीको बयान, व्हाट्सएप च्याट र भ्वाइस म्याचिङ टेस्टलाई उद्धृत गरेको थियो । तर, सर्वोच्च अदालतले प्रमाणहरू ट्रायल कोर्टमा मात्रै जाँच्ने बताएको छ।

इमरान खान अप्रिल २०२२ मा अविश्वास प्रस्ताव मार्फत सत्ताबाट हटाइए पछि कैयौं मुद्दामा जेलमा छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट