Techie IT
२०८२ माघ २९, बिहीबार

लद्दाखमा युवा आन्दोलन तीव्र बन्दै, भाजपाको कार्यालयमा आगजनी


Image: The Wire

भारतको संविधान संशोधनमार्फत विशेष राज्यको सुविधा खोसिएर केन्द्र प्रशासित क्षेत्र बनेको लद्दाखमा युवा आन्दोलन भड्किएको छ। लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित पर्यावरणविद् सोनम वाङचुकसहित सामाजिक कार्यकर्ताले दुई सातादेखि अनशन जारी राखेका थिए।

उनको समर्थनमा हजारौँ मानिस सडकमा उत्रिएपछि स्थिति नियन्त्रणबाहिर पुगेको हो। प्रदर्शनकारीले लेह हिल काउन्सिलको भवनमा ढुंगामुढा गरेका थिए भने भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा आगजनीसमेत गरेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार, प्रदर्शनकारीले भाजपाको झण्डा फाल्नुका साथै प्रहरी गाडीमा तोडफोड र आगजनीसमेत गरेका थिए।

लेह र लद्दाखमा अहिले अवस्था तनावग्रस्त बनेको छ। हजारौँ युवाहरू सडकमा उत्रिएपछि परिस्थिति झन् संवेदनशील भएको बताइएको छ। अनशनरत वाङचुकले भने युवाहरूलाई हिंसाको बाटो नअपनाउन आह्वान गरेका छन्। उनले लद्दाखमा भड्किएको विद्रोह आफ्नो कारण नभई सरकारले गरेको उपेक्षा र बढ्दो बेरोजगारीकै कारण भएको बताएका छन्।

यसअघि जम्मु–कश्मिर राज्यअन्तर्गत रहेको लद्दाखलाई २०१९ मा नरेन्द्र मोदी दोस्रोपटक प्रधानमन्त्री भएपछि संविधान संशोधनमार्फत अलग गरी केन्द्र प्रशासित क्षेत्र बनाइएको थियो। त्यसै क्रममा कश्मिरको विशेषाधिकार पनि खोसिएको थियो। त्यसयता लद्दाखका नागरिक निरन्तर असन्तुष्ट रहँदै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट