Techie IT
२०८३ असार २९, सोमबार

ट्रम्पद्वारा चिनियाँ वस्तुमा शतप्रतिशत ट्यारिफ घोषणा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सबै वस्तुमा शतप्रतिशत अतिरिक्त आयात शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा स्टाटस लेख्दै चिनियाँ वस्तुमा १०० प्रतिशत ट्यारिफ लागू गर्ने निर्णयमा पुगेको जानकारी दिएका हुन्। उनका अनुसार यो निर्णय आगामी नोभेम्बर १ तारिखदेखि लागू हुनेछ।

ट्रम्पले उक्त निर्णयसँगै अमेरिकाबाट निर्यात हुने अत्यावश्यक सफ्टवेयरसमेतमा नियमन कडाइ गरिने उल्लेख गरेका छन्।

यो कदम चीनले हालै दुर्लभ खनिज ‘रेयर अर्थ मेटल’को निर्यातमा कडाइ गरेपछि प्रतिक्रमस्वरूप आएको मानिएको छ।

गत शुक्रबार ट्रम्पले चीनले ‘शत्रुतापूर्ण रवैया’ अपनाएको र विश्वलाई ‘आफ्नो नियन्त्रणमा राख्ने प्रयास’ गरेको आरोप लगाएका थिए।

विश्वको करिब ९० प्रतिशत ‘रेयर अर्थ मिनरल्स’को प्रशोधन चीनमै हुन्छ। यी खनिजहरू सोलार प्यानल, इलेक्ट्रिक सवारी साधन, स्मार्टफोन र अन्य अत्याधुनिक उपकरण निर्माणमा प्रयोग हुने १७ मेटालिक तत्वहरूको समूह हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट