Techie IT
२०८२ माघ २३, शुक्रबार

नेपालका लागि नयाँ चिनियाँ राजदूत चाङ माओमिङ नियुक्त


चीन सरकारले नेपालका लागि नयाँ राजदूतका रूपमा चाङ माओमिङलाई नियुक्त गर्ने भएको छ। चीनको विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशकको रूपमा काम गरिसकेका चाङ फागुनको पहिलो सातातिर नेपाल आइपुग्ने बताइएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनले चाङको नियुक्तिका लागि नेपाल सरकारसमक्ष पठाएको एग्रिमो स्वीकृत भइसकेको छ र उनी अबको एक साताभित्र नेपाल आउने तयारीमा छन्। नयाँ वर्ष मनाएर मात्र नेपाल जाने योजना रहे पनि नेपालमा भइरहेको चुनावी गतिविधि र बदलिँदो भू–राजनीतिक परिस्थितिका कारण चाँडै आउने निर्णय भएको स्रोतले जनाएको छ।

यसैबीच तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछे नेपाल आगमनपछि नेपाली राजनीतिमा चर्चा चलेको छ। सो विषयमा चीनले नेपाल सरकारसमक्ष असन्तुष्टि जनाएको चर्चा बाहिर आएको छ।

यही पृष्ठभूमिमा नव–नियुक्त राजदूत चाङलाई छिट्टै नेपाल पठाइएको बताइएको छ। तीन वर्षे कार्यकाल पूरा गरी चिनियाँ राजदूत चेन सोङ चीन फर्किसकेपछि सो स्थानमा चाङ आउन लागेका हुन्।

नेपाल मामिलामा जानकार मानिने चाङ यसअघि पनि विभिन्न समयमा नेपाल भ्रमण गरिसकेका छन्। उच्चस्तरीय भेटघाटमा समेत उनी पटक–पटक सहभागी हुँदै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट