Techie IT
२०८३ वैशाख ३०, बुधबार

इरान–अमेरिका तनावबीच कतारी ग्यास बोकेको पहिलो ट्यांकर होर्मुज पार गर्दै पाकिस्तानतर्फ प्रस्थान


कतारको तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको एक विशाल ट्यांकर स्ट्रेट अफ होर्मुज पार गर्दै पाकिस्तानतर्फ प्रस्थान गरेको छ । जहाज निगरानीसम्बन्धी तथ्यांकले यसको पुष्टि गरेका हुन् । ‘अल खराइतियात’ नामक उक्त ट्यांकर इरान र अमेरिकाबीच फेब्रुअरी अन्त्यदेखि बढ्दो तनावपछि होर्मुज जलडमरूमध्य पार गर्ने कतारी स्वामित्व तथा सञ्चालनमा रहेको पहिलो जहाज बनेको जलयातायात विश्लेषकहरूले बताएका छन् ।

आइतबार बिहान ४ बजे (ईटी समयअनुसार) उक्त जहाज गल्फ अफ ओमान क्षेत्रमा रहेको बताइएको छ ।

मरिन ट्राफिकका अनुसार जहाजले इरानद्वारा स्वीकृत उत्तरी समुद्री मार्ग प्रयोग गर्दै क्वेश्म टापुनजिकबाट होर्मुज पार गरेको थियो ।
२ लाख घनमिटरभन्दा बढी एलएनजी बोक्न सक्ने ‘अल खराइतियात’ ले यस महिनाको सुरुआतमा कतारको रस लफान निर्यात केन्द्रबाट ग्यास लोड गरेको थियो ।

सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत एलएनजी आपूर्ति गर्ने कतार हाल क्षेत्रीय द्वन्द्वका कारण दबाबमा परेको छ । द्वन्द्वकै असरस्वरूप कतारको ग्यास उत्पादन प्रभावित भएको तथा प्रमुख ग्यास पूर्वाधारमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट