Techie IT
२०८२ श्रावण ३०, शुक्रबार

पाकिस्तानमा सैन्य कारबाहीमा १० जना आतङ्ककारी मारिए


File Photo

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा दश जना आतङ्ककारी मारिएको सेनाले शुक्रबार जानकारी दिएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा, इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले उत्तरी वजिरिस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन सुरु गरेको एक विज्ञप्तिमार्फत जनाएको छ ।

तीव्र गोलीबारीका क्रममा, अगाडिबाट आफ्नो सेनाको नेतृत्व गरिरहेका पाकिस्तानी सेनाका एक अधिकारी क्याप्टेन हसनैन अख्तर वीरतापूर्वक शहीद भएका विज्ञप्तिमा थपिएको छ ।

आईएसपीआरले उत्तरी वजिरिस्तानमा चार छुट्टाछुट्टै भिडन्तमा छ जना आतङ्ककारी मारिएको बताएको छ ।

आईएसपीआरका अनुसार, आतङ्ककारीहरूबाट ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको थियो, जो सुरक्षा बलहरू विरुद्ध आतङ्ककारी गतिविधि र सर्वसाधारणको हत्यामा सक्रिय रूपमा संलग्न थिए ।

यस क्षेत्रमा अन्य आतङ्ककारीहरूको उपस्थितिलाई हटाउन सेनाले अभियान सञ्चालन गरेको छ ।

सेनाले पाकिस्तानबाट आतङ्कवादको खतरालाई मेटाउन कटिबद्ध रहेको बताएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट