दिल्ली सरकारले गर्यो मजदुरको पारिश्रमिक वृद्धि
दिल्ली सरकारले अकुशल, अर्ध-दक्ष र दक्ष कामदारहरूको न्यूनतम पारिश्रमिक क्रमशः १८,०६६, १९,९२९ र २१,९१७ रुपैयाँ प्रतिमहिना बढाउने निर्णय गरेको छ। यस निर्णयको बारेमा जानकारी दिन बुधबार दिल्लीका मुख्यमन्त्री आतिशी र श्रममन्त्री मुकेश अहलावतले पत्रकार सम्मेलन आयोजना गरे।
मुख्यमन्त्री आतिशीले पत्रकार सम्मेलनमा भनिन्, “पारिश्रमिक वृद्धिबारे सबैलाई जानकारी गराउन चाहन्छु। अरविन्द केजरीवालको सरकारले देशमा सबैभन्दा बढी न्यूनतम पारिश्रमिक दिएको छ। यसका विपरीत, बीजेपीले सधैं गरिबहरूको विरुद्धमा काम गरेको छ।”
आतिशीले सन् २०१६/२०१७ मा दिल्ली सरकारले न्यूनतम पारिश्रमिक बढाउने विषयमा चर्चा गर्दा भाजपाले उक्त कदमलाई रोक्न प्रयास गरेको भन्दै आरोप लगाइन्। उनले थप भनिन्, “भाजपाले अदालतबाट न्यूनतम पारिश्रमिक बढाउने आदेशको कडा विरोध गर्यो, तर अरविन्द केजरीवालको सरकारले दिल्लीका आम जनताको पक्षमा निर्णय ल्यायो।”



तपाईको प्रतिक्रिया दिनुहोस