Techie IT
२०८२ मंसिर २, मंगलबार

जम्मु–काश्मीरमा दोस्रो चरणको विधानसभा निर्वाचनमा ५५ प्रतिशत मतदान


जम्मु–काश्मीरमा बुधबार सम्पन्न दोस्रो चरणको विधानसभा निर्वाचनमा ५५ प्रतिशत मतदान भएको छ। केन्द्र शासित यस प्रदेशका ६ जिल्लाका २६ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको हो। निर्वाचन आयोगले दिएको जानकारी अनुसार, बेलुका ९ बजेसम्मको तथ्यांकअनुसार ५५ प्रतिशत मतदान भएको हो, जुन सन् २०१४ को ६० प्रतिशत मतदानको तुलनामा ५ प्रतिशत कम हो।

निर्वाचनमा २५ लाखभन्दा बढी योग्य मतदाताहरूले आफ्नो मतदान अधिकार प्रयोग गरेका छन्। आयोगका अनुसार, सबैभन्दा बढी मतदान रियासी जिल्लामा भएको थियो, जहाँ ७१.८१ प्रतिशत मतदाताले मतदान गरे भने सबैभन्दा कम मतदान श्रीनगरमा २७.३७ प्रतिशत मात्र रह्यो।

दोस्रो चरणको निर्वाचनमा २३९ उम्मेदवार चुनावी मैदानमा छन्, जसमध्ये २३३ जना पुरुष र ६ जना महिला उम्मेदवार छन्। यसअघि, सेप्टेम्बर १८ मा सम्पन्न पहिलो चरणको निर्वाचनमा जम्मु–काश्मीरका ७ जिल्लाका २४ विधानसभा सिटमा ६१.३८ प्रतिशत मतदान भएको थियो। पहिलो चरणमा सबैभन्दा बढी मतदान किश्तवाड जिल्लामा ८०.२० प्रतिशत रहेको थियो भने सबैभन्दा कम मतदान पुलवामा ४६.९९ प्रतिशत मात्र भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट