Techie IT
२०८२ वैशाख २६, शुक्रबार

भारत-पाकिस्तानबीच मिसाइल हानाहान, आईपीएल स्थगित


 भारत र पाकिस्तानबीचको तनाव बिहीबार साँझदेखि युद्धस्तरमा पुगेको छ । दुबै देशका सेनाहरूले एकअर्काको भूमिमा मिसाइल र ड्रोन आक्रमण गरेपछि स्थिति जटिल बनेको छ । आक्रमणका कारण आईपीएल को खेल समेत स्थगित गरिएको छ ।

हिमाचल प्रदेशको धर्मशालामा पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल आक्रमणको सुरक्षात्मक असरका कारण रोकिएको हो । खेलका बीचमा अचानक स्टेडियमको बत्ती निभाइएपछि दर्शकहरूलाई घर पठाइएको भारतीय मिडियाले जनाएका छन् ।

भारतीय मिडियाहरूका अनुसार पाकिस्तानले जम्मु, पठानकोट, कश्मीर, राजस्थान, पञ्जाब र गुजरातका सीमावर्ती क्षेत्रमा आत्मघाती ड्रोन र मिसाइलमार्फत आक्रमण गरिरहेको छ । द भाष्कर को रिपोर्टअनुसार जम्मु विमानस्थल र पठानकोट एयरफोर्स स्टेशन पनि आक्रमणको निशानामा परेका थिए । यद्यपि भारतले आफ्ना एस–४०० एयर डिफेन्स सिस्टम को प्रयोगमार्फत अधिकांश आक्रमण असफल बनाएको दाबी गरेको छ ।

पाकिस्तानी एफ–१६ खसालिएको दाबी

भारतीय सेनाले जम्मु नजिकै पाकिस्तानको एफ–१६ लडाकु विमान खसालिएको दाबी हिन्दुस्तान टाइम्स ले गरेको छ । भारतीय वायु सेनाको तीव्र प्रतिक्रिया र प्रतिआक्रमणले पाकिस्तानलाई गम्भीर सन्देश गएको बताइएको छ ।

जम्मु, साम्बा, केरन, तंगधार, करनाह, अखनुर, आरएसपुरा, अरनिया, गुरदासपुर, जैसलमेर, भुज, बिकानेर, श्रीगंगानगर लगायतका क्षेत्रमा पाकिस्तानले आक्रमण गरिरहेको पुष्टि भारतीय समाचार संस्थाहरूले गरेका छन्।

स्थिति गम्भीर भएपछि सीमावर्ती जिल्लाहरूमा पूर्ण ब्ल्याकआउट गरिएको छ । जम्मु, किश्तवाड, पठानकोट, अमृतसर, जालन्धर लगायतका स्थानमा बत्ती निभाइएको छ । सुरक्षाकर्मीहरूले घरभित्रै बस्न, सवारी साधनको बत्ती निभाउन र सतर्क रहन माइकिङ गर्दै जनतालाई सचेत गराइरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट