Techie IT
२०८२ जेष्ठ ३, शनिबार

गाजामा इजरायली आक्रमणपछि मुटु र क्यान्सर उपचार सेवा बन्द


विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार गाजामा इजरायली आक्रमणपछि हृदय रोग र क्यान्सरकको उपचार सेवा बन्द भएको घोषणा गरेको छ ।

सामाजिक सञ्जाल एक्समार्फत डब्लुएचओका महानिर्देशक डा टेड्रोस एधानोम गेब्रेयससले मङ्गलबारको आक्रमणले खान युनूसको युरोपेली अस्पताललाई गम्भीर क्षति पु¥याएको पुष्टि गर्दै  हाल सेवाहरु बन्द गरेको  जानकारी दिएका छन् ।  

टेड्रोसले खान युनिशस्थित अस्पताल बन्द हुँदा न्यूरोसर्जरी, मुटु र क्यान्सर उपचार, गाजाको कुनै पनि ठाउँमा उपलब्ध नभएको उल्लेख गरेका छन् ।  

यसले अत्यावश्यक स्वास्थ्य सेवाको पनि अभाव भई स्वास्थ्य प्रणालीलाई कमजोर बनाउने भएकाले अस्पतालहरूको सुरक्षा गर्नुपर्ने कुरामा पनि जोड दिए ।  

‘डक्टर्स विदाउट बोर्डर्स’ले पनि यसको परिणामका बारेमा चेतावनी दिँदै समाजिक सञ्जाल एक्समा उक्त अस्पताल अबुध रोगको उपचारसमेत भएको गाजाको स्वास्थ्य प्रणालीको अन्तिम सेवा केन्द्र भएको जानकारी दिएको छ ।  

गाजामा बाँकी रहेका अधिकांश अस्पतालहरू आंशिक रूपमा मात्र सञ्चालनमा रहेको तथा निरन्तर क्षमताभन्दा बढी  काम गरिरहेको सङ्गठनले  जनाएको छ । उनले स्वास्थ्य सुविधाहरूमा बारम्बार भएको आक्रमणले इजरायलले गाजालाई कसरी विनास गरिरहेको छ भन्ने कुराको अर्को प्रमाण  भएको उल्लेख गरेका छन् ।    



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट