Techie IT
२०८३ श्रावण १३, बुधबार

रूसद्वारा एकै रात १०२ युक्रेनी ड्रोन खसालिएको दाबी


रूसको वायु रक्षा प्रणालीले रातारात १०२ वटा युक्रेनी ड्रोनहरु रोकी नष्ट गरेको देशको रक्षा मन्त्रालयले मंगलबार टेलिग्राम मार्फत जनाएको छ ।

मन्त्रालयका अनुसार पश्चिमी र मध्य रूसका धेरै क्षेत्रहरूमा सोमबार ड्रोनहरू नष्ट गरिएको थियो ।  

ब्रियान्स्क ओब्लास्टमा ४६ वटा, बेलगोरोड ओब्लास्टमा २०  वटा, भोरोनेज ओब्लास्ट र क्रिमियामा नौ–नौ वटा, कालुगा ओब्लास्ट र तातारस्तानमा चार–चार वटा, मस्को ओब्लास्टमा तीन वटा लेनिनग्राद, ओरिओल र कुस्र्क ओब्लास्टमा दुइ–दुई वटा र स्मोलेन्स्क ओब्लास्टमा  एउटा ड्रोनहरु खसालिएको मन्त्रालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट