Techie IT
२०८२ असार ५, बिहीबार

स्पेनका प्रधानमन्त्रीद्वारा पार्टीविरूद्ध लगाइएको भ्रष्टाचारको आरोपको खण्डन


स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो अल्पमतको गठबन्धन सरकारलाई झकझक्याएको दुई पूर्व निकट सहयोगीको संलग्नता रहेको भ्रष्टाचार काण्डबाट आफ्नो समाजवादी पार्टीले गैरकानुनी रुपमा आर्थिक सहयोग प्राप्त गरेको भन्ने आरोपलाई बुधबार अस्वीकार गरेका छन् ।

गत साता सार्वजनिक भएको प्रहरी प्रतिवेदनमा समाजवादी पार्टीका नेता सान्तोस सेर्डन र पूर्व यातायातमन्त्री जोस लुइस अबालोसलाई सार्वजनिक ठेक्कामा घूस लिएको आरोप लगाइएको थियो ।

सन् २०१८ मा स्पेनको मुख्य कन्जरभेटिभ पपुलर पार्टी (पीपी) लाई  भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेपछि स्पेनको राजनीतिलाई सफा गर्ने वाचा गर्दै सत्तामा आएका सान्चेजका लागि त्यसपछिको प्रतिक्रियाले सङ्कट सिर्जना गरेको छ ।

प्रहरी प्रतिवेदनको सन्दर्भमा संसदको चर्को आवाजमा सान्चेजले भने, “अनियमित आर्थिक सहायताको सन्दर्भमा समाजवादी पार्टीलाई इङ्गित गर्ने कुनै टिप्पणी वा सङ्केत छैन।

उक्त रिपोर्ट पछि सेर्डनले समाजवादी सङ्गठन सचिव र सांसदको रूपमा आफ्नो शक्तिशाली पद छोड्नुभएको थियो भने पार्टीले अबालोसलाई निष्कासित गरेको छ।

सान्चेजले भन्नुभयो, “पार्टीले ‘आफ्नो जिम्मेवारी स्वीकारेको छ र निर्णायक रूपमा काम गरेको छ’, सभामुखलाई धेरै पटक निर्देशन जारी गर्न चेम्बरलाई बोलाउन बाध्य पारेको पीपी सांसदहरूको निरन्तर ‘राजीनामा!’ को नाराको कारण संसदले नियमित कारबाहीलाई अघि बढाउन सकेको छैन ।

युरोपको सबैभन्दा लामो समयसम्म सेवा गरिरहेका वामपन्थी नेतामध्येका एक प्रधानमन्त्रीले बिग्रिएको सम्बन्धलाई सुधार गर्न आफ्नो सरकारको व्यवहारिकताका लागि आवश्यक वामपन्थी र पृथकतावादी समूहसँग वार्ता सुरु गर्नुभएको छ । 

उनले भने, “सरकार र मेरा पार्टीका सदस्यलाईै जोडिएको र यसका कारण नागरिकले गुमाएको विश्वासलाई पुनः प्राप्त गर्नका लागि म अन्य पार्टीहरूको कुरा सुन्न तयार छु।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट