Techie IT
२०८२ असार ८, आइतबार

अमेरिकाको हवाई आक्रमणले इरानका आणविक स्थलहरू ध्वस्त - राष्ट्रपति ट्रम्प


राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी हवाई आक्रमणले इरानका मुख्य आणविक स्थलहरू “पूर्ण रूपमा ध्वस्त” गरेको दाबी गरेका छन् । उनको भनाइमा, यो कारबाहीले संयुक्त राज्य अमेरिका इजरायल–इरान युद्धमा सक्रिय रूपमा प्रवेश गरेको भन्ने देखिन्छ । अमेरिकाको युद्धा उपस्थितिलाई मध्यपूर्वका लागि निर्णायक मोड बन्ने देखिएको छ।

ह्वाइट हाउसबाट राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै ट्रम्पले भने, “इरान शान्ति कायम गर्न तयार नभए थप लक्ष्यहरू अमेरिकाको निशानामा छन् ।” आक्रमणमा फोर्डोको भूमिगत संवर्धन प्लान्ट, नातान्ज र इस्फाहानका आणविक केन्द्रहरूलाई नष्ट गरिएको दाबी गरिएको छ।

“इरानका मुख्य आणविक संवर्धन सुविधाहरू पूर्ण रूपमा ध्वस्त भएका छन्,” ट्रम्पले सम्बोधनमा भने, “अब इरानले शान्ति रोज्नुपर्छ।” उनले इरानको सर्वोच्च नेता खामेनेईलाई लक्षित गर्दै पहिल्यै चेतावनी दिइसकेको उल्लेख गरिएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी आक्रमणको स्वागत गर्दै यसलाई “इतिहास बदल्ने कार्य” भनेका छन् । तर अर्कोतर्फ, इरानी विदेशमन्त्री अब्बास अराघचीले आक्रमणलाई “गैरकानुनी र आपराधिक” भन्दै आफ्नो देशले सार्वभौमसत्ताको रक्षाका लागि सबै विकल्प खुला राखेको चेतावनी दिएका छन् ।

इरानी सञ्चारमाध्यमले फोर्डो, इस्फाहान र नातान्ज आणविक केन्द्रहरूमा क्षति पुगेको पुष्टि गरेको छ। यद्यपि तेहरानले रेडियोधर्मी प्रदूषणको कुनै संकेत नभएको र खाडी क्षेत्रमा असर नगरेको जनाएको छ ।

आक्रमणपछि तेल अभिवमा सायरन बजेको र जेरुसेलमबाट विस्फोटको आवाज आएको रिपोर्ट छ । इरानी राज्य टेलिभिजनले नयाँ मिसाइल आक्रमण सुरु भएको घोषणा गरेको छ । इरानको रिभोलुसनरी गार्डले आत्मघाती ड्रोनमार्फत इजरायली लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ ।

अमेरिकी मिडियाका अनुसार, बी–२ स्टेल्थ बमवर्षक र टोमाहक क्रुज मिसाइलको प्रयोग गरिएको यो आक्रमण ट्रम्पले स्वयं ट्रुथ सोशलमा घोषणा गरेका थिए । “फोर्डोमा पूर्ण पेलोड बम खसालियो, सबै विमानहरू सुरक्षित फर्किए,” उनले लेखेका थिए ।

तर यो आक्रमणले ट्रम्पभित्रको ‘मेगा’ आन्दोलनमै विभाजन ल्याएको छ । धेरै रिपब्लिकन नेताहरूले नयाँ युद्धमा अमेरिका फसाउने निर्णयको विरोध गरेका छन् । डेमोक्रेट नेताहरूले समेत ट्रम्पमाथि कङ्ग्रेसलाई बेवास्ता गर्दै युद्ध सुरु गरेको आरोप लगाएका छन्।

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले इजरायलको आक्रमण जारी रहे थप विनाशकारी जवाफ आउने चेतावनी दिएका छन् । उनले “शान्तिपूर्ण नागरिक आणविक कार्यक्रम” माथि हमला अस्वीकार्य भएको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट