Techie IT
२०८२ पौष १५, मंगलबार

अमेरिकामा दुई चिनियाँ नागरिक जासुसी आरोपमा पक्राउ, नौसेनामा घुसपैठ प्रयासको आरोप


संयुक्त राज्य अमेरिकाको न्याय मन्त्रालयले दुई जना चिनियाँ नागरिकलाई अमेरिकी भूमिमा जासुसी गरेको र अमेरिकी नौसेनामा गुप्तचर एजेन्ट घुसाउन खोजेको आरोपमा पक्राउ गरेको जानकारी दिएको छ।

पक्राउ पर्नेमा ३८ वर्षीय युन्स चेन र ३९ वर्षीया लिरेन लाई छन्। उनीहरूलाई चीन सरकारको राज्य सुरक्षा मन्त्रालयको पक्षमा गुप्तचर गतिविधिमा संलग्न भएको अभियोग लागेको छ। दोषी ठहरिएमा उनीहरूलाई अधिकतम १० वर्षसम्म कैद सजाय हुन सक्छ।

ओरेगनको ह्याप्पी भ्याली निवासी चेन र अप्रिलमा पर्यटक भिसामा टेक्सासको ह्युस्टन पुगेकी लाइलाई एफबीआईले गएको शुक्रबार नियन्त्रणमा लिएको हो। अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीहरूले चीनका लागि गुप्त सूचनाको सट्टाबजार चलाउँदै अमेरिकी नौसेनाका सदस्यहरूलाई भर्ती गर्न प्रयास गरेका थिए।

महान्यायाधिवक्ता पामेला बोन्डीले एक विज्ञप्तिमा भनिन्, “यो घटनाले हाम्रो सेनाभित्र घुसपैठ गर्ने र हाम्रो राष्ट्रिय सुरक्षालाई कमजोर बनाउने चीन सरकारको निरन्तर र आक्रामक प्रयासलाई देखाउँछ।”

आपराधिक उजुरी अनुसार लाइले सन् २०२१ मा चेनलाई चीनको राज्य सुरक्षा मन्त्रालयका लागि काम गर्ने जिम्मेवारी दिएकी थिइन्। उनीहरूको कार्यको उद्देश्य अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी संवेदनशील जानकारी प्राप्त गर्नु रहेको बताइएको छ।

यस घटनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा चीनको विदेश मन्त्रालयले ‘तथाकथित चिनियाँ जासुसी हाइप’ को विरोध गर्दै उक्त दाबीलाई खारेज गरेको छ। प्रवक्ता माओ निङले भने, “हामी आफ्ना नागरिकको कानुनी अधिकार र हितको रक्षा गर्न आवश्यक कदम चाल्नेछौँ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट