Techie IT
२०८३ जेष्ठ १०, आइतबार

जापानबाट आयात हुने सामानमा ३५ प्रतिशतसम्म कर लगाइने - ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँगको व्यापार सम्झौता समयसीमा भित्र हुन कठिन देखिएको भन्दै जापानबाट आयात हुने सामानमा ३० देखि ३५ प्रतिशतसम्म कर लगाउने चेतावनी दिएका छन् ।

एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले जापानले अमेरिकी चामल आयात गर्न अनिच्छा देखाएको र दुई देशबीचको सवारी साधन व्यापारमा असन्तुलन रहेको आरोप लगाएका छन् । उनले भने, “मलाई विश्वास छैन कि जुलाई ९ अगाडि सम्झौता हुनेछ । जापान धेरै कठिन छ, मलाई शंका छ।”

जुलाई ९ मा समाप्त हुने वार्ताको अस्थायी विरामपछिको तयारीस्वरूप ट्रम्प प्रशासनले जापानलगायत देशहरूलाई थप उच्च कर लागु गर्ने चेतावनी दिएको हो । यदि सहमति नभएमा, अमेरिकी जनतामाथि अन्याय भएको भन्दै ट्रम्पले जापानलाई पत्र लेख्ने तयारीसमेत गरेको बताइएको छ ।

यसअघि ट्रम्पले दर्जनौँ मुलुकहरूबाट आयात हुने वस्तुहरूमा उच्च शुल्क घोषणा गर्दै अधिकांश देशलाई १० प्रतिशत करको दायरामा राखेका थिए। तर वार्ताको लागि समय दिने भन्दै त्यसलाई केही समयका लागि रोकिएको थियो ।

टोकियोका व्यापार दूत रायोसी अकाजावाले भने अमेरिका र जापानबीचको पाँचौँ चरणको वार्तामा केही प्रगति भए पनि अहिलेसम्म सहमतिको ठोस बिन्दु पत्ता लाग्न नसकेको बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट