Techie IT
२०८३ असार ३०, मंगलबार

रानीपोखरीको मुटुमा रहेको बालगोपालेश्वर मन्दिर


बालगोपालेश्वर मन्दिर, रानीपोखरी

काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक रानीपोखरी राजधानीको सुन्दरतासँगै धार्मिक, सांस्कृतिक र वास्तुकलाको अद्भुत प्रतीक हो। यही पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर काठमाडौंको एक अत्यन्त महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थलका रूपमा परिचित छ।

बालगोपालेश्वर मन्दिरको निर्माण मल्लकालीन राजा प्रताप मल्लले सन् १६७० (नेपाल संवत् ७९०) तिर गराएका थिए। उनका प्रिय छोरा अकालमै निधन भएपछि उनले पुत्रको सम्झनामा यो पोखरी र मन्दिर निर्माण गराएका हुन्।

‘रानीपोखरी’ नाम पनि त्यही घटनासँग जोडिएको मानिन्छ । पुत्रवियोगले पीडित रानीको सान्त्वनाका रूपमा राजा प्रताप मल्लले यो पोखरी बनाउन आदेश दिएका थिए।

पोखरीको ठीक बीचमा टापुमा रहेको यो मन्दिर भगवान् कृष्णको बाल रूप ‘बालगोपाल’ लाई समर्पित छ। मन्दिरभित्रको मूर्ति भगवान् विष्णुको बाल स्वरूपको रूपमा पूजा गरिन्छ। मन्दिरको वास्तुकला हिन्दु र मुगल शैलीको मिश्रण देखिन्छ चारैतिर पानीले घेरिएको टापुमा रहेको यो मन्दिरको पहुँच सानो पुलमार्फत मात्र सम्भव हुन्छ।

बालगोपालेश्वर मन्दिर वर्षभर सामान्य दिनमा बन्द रहन्छ। तर तिहारको पाँचौँ दिन भाइटीकाको दिनमा मात्र सर्वसाधारणका लागि खोलिन्छ। त्यस दिन सन्तान नभएका दिदीबहिनी र दाजुभाइहरूले यहाँ दर्शन गरेर दीर्घायु, सुखसम्पत्ति र सम्बन्धको दृढताको कामना गर्ने परम्परा छ।

२०७२ सालको भूकम्पले रानीपोखरी र मन्दिर दुबैमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसपछि दीर्घकालीन पुनर्निर्माण कार्य सम्पन्न भई हाल मन्दिर पुरानै शैलीमा पुनःस्थापित गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट