Techie IT
२०८२ असोज १, बुधबार

आजको राशिफल (साउन ९ गते)


आज वि.सं.२०८२ साल साउन ९ गते । शुक्रबार । ईश्वी सन् २०२५ जुलाई २५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । आज काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ५५ मिनेटमा हुने छ । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयारपार्नु भएको आजको राशिफल हेर्नुहोस् ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

आमा वा आफन्तसँग सामान्य विषयमा मतभेद हुन सक्छ, साथीभाइसँग मनमुटावको सम्भावना छ। काम समयमा पूरा नहुँदा आर्थिक पक्ष कमजोर बन्ने देखिन्छ। घरजग्गा कारोबार वा सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला। प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्छ। तर, कृषि वा पशुपालन व्यवसायमा लगानी गरे आम्दानी हुने संकेत छ। यात्रा गर्दा सतर्क रहनु उपयुक्त हुनेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

आत्मविश्वास, साहस र पराक्रममा वृद्धि हुनेछ। प्रविधि र सामाजिक सञ्जालको सहायताले आफ्नो विचार जनमानसमा पुर्‍याउन सकिनेछ। अध्ययन–लेखनमा मन जानेछ, यसको सकारात्मक परिणाम प्राप्त हुनेछ। प्रेम सम्बन्धमा रमाइलो समय बित्नेछ। छोटो दुरीको यात्रा सुखद हुने देखिन्छ। उद्योग तथा व्यापारबाट लाभ मिल्ने सम्भावना छ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

मेहनतको प्रतिफल अरूले हत्याउने प्रयास गर्न सक्छन्, सतर्क रहनुहोला। शुभ बोल्दा पनि गलत व्याख्या हुने सम्भावना छ। व्यापारमा केही मन्दी आउन सक्छ, त्यसैले लगानी गर्न केही समय पर्खनु राम्रो हुन्छ। खानपानमा बेवास्ता नगर्नुहोला, स्वास्थ्यमा असर पर्न सक्छ। प्रविधिको प्रयोग सावधानीपूर्वक गर्नु आवश्यक छ। प्रेम सम्बन्धमा शंका उत्पन्न हुने सम्भावना छ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

नयाँ प्रविधिको प्रयोगमार्फत सिर्जनात्मक काम गरी आर्थिक लाभ उठाउन सकिनेछ। आफन्त वा कुटुम्बको सहयोगबाट आम्दानी बढ्नेछ। टुटेका सम्बन्धहरू पुनः जोडिन सक्छन्। अग्रज तथा आफन्तको समर्थनले सफलता हात लाग्नेछ। दाम्पत्य सम्बन्धमा विश्वास बढ्नेछ। होटल, रेस्टुरेन्ट तथा सेवा व्यवसाय फस्टाउने देखिन्छ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

लगानी गर्दा विचार पुर्‍याउनुहोस्, परिणाम आउन समय लाग्न सक्छ। अध्ययनमा थप मेहनत आवश्यक देखिन्छ। व्यापारमा लगानी गर्न केही समय पर्खनु उचित हुन्छ। तर, विदेशी लगानीबाट सञ्चालित संस्थाबाट फाइदा मिल्नेछ। विदेश यात्राको शुभ सम्भावना रहेको छ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

स्रोत र साधन जुट्नाले कार्यक्षेत्रमा सफलता मिल्नेछ। लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनेछन्। नयाँ जिम्मेवारी हात पर्नेछ। व्यवसाय फस्टाउँदा आम्दानी बढ्नेछ। अध्ययनमा सुधार हुनेछ र अपेक्षित नतिजा प्राप्त हुनेछ। प्रेम सम्बन्धमा उत्साहजनक समय बित्नेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

राजनीति वा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ। कार्यक्षेत्रमा लोकप्रियता बढ्नेछ। शिक्षा क्षेत्रमा सफलता हात पर्नेछ। प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ। नयाँ जागिर वा सरुवा हुने सम्भावना बलियो देखिन्छ। व्यापार वा उत्पादनमुखी क्षेत्रमा लगानी गर्दा लाभ हुनेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

सामान्य कमजोरीले कार्यक्षेत्रमा सम्मानमा कमी आउन सक्छ। आलोचकहरू सक्रिय हुने सम्भावना छ। स्वास्थ्य कमजोर रहनेछ, लक्ष्यमा पुग्न कठिन हुन सक्छ। धार्मिक वा शैक्षिक यात्रामा केही असहजता आउनेछ। सरकारी काममा ढिलासुस्तीले निराशा बढ्न सक्छ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

गोप्य योजना लिक हुन सक्ने सम्भावना छ, सावधानी अपनाउनुहोला। आफन्त र नातागोताबाट अपेक्षित सहयोग नपाइएला। शारीरिक कमजोरी र आलस्यले काममा बाधा पुर्याउनेछ। नयाँ लगानी नगर्नु उत्तम हुन्छ। तर, सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले आफ्नो सन्देश फैलाउन सकिनेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

भौतिक सुविधा र विलासी वस्तुको उपयोग गर्न पाइनेछ। अध्ययन र अनुसन्धानबाट नाम कमाउने अवसर छ। प्रेम जीवनमा नजिकिने वातावरण बनिनेछ। जीवनसाथीको सहयोगले प्रगति हुनेछ। उद्योग वा वित्तीय क्षेत्रमा गरिएको लगानी लाभदायक हुनेछ। व्यवसाय विस्तारको निम्ति यात्रा सम्भावित छ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

प्रतिस्पर्धामा सफलता मिल्नेछ। तपाईँको विरोध गर्नेहरू पराजित हुनेछन्। कानुनी निर्णयहरू पक्षमा आउनेछ। रोग तथा ऋण समस्याबाट मुक्ति पाइने संकेत छ। पढाइमा मन लाग्नेछ र राम्रो नतिजा आउन सक्छ। प्रेममा उत्साहजनक समय बित्नेछ। व्यवसायमा लगानी गर्दा भविष्यमा लाभ सुनिश्चित हुनेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

पढाइमा केही कमजोरी आउन सक्छ, प्रतिस्पर्धामा पछि परिने सम्भावना छ। प्रविधिको गतिमा साथ नदिँदा अवसर गुम्न सक्छ। खानपानमा लापरवाहीले स्वास्थ्यमा समस्या ल्याउन सक्छ। सवारीसाधन वा सम्पत्ति प्रयोग गर्दा सावधानी आवश्यक छ। प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्छ। यद्यपि, वंश वृद्धि र सन्तानको प्रगतिले हर्ष ल्याउनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट