आजको राशिफल (२०८२ साल भदौ २० गते )

आज २०८२ साल भदौ २० गते शुक्रबार। भाद्र शुक्ल पक्षको त्रयोदशी तिथि। मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १८ मिनेट । दिनमान ३१ घडी २५ पला । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफल
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आज कार्यक्षेत्रमा बढि गम्भिर हुनुपर्ने छ । आलोचना गर्नेहरू सक्रिय हुनेछन् भने अनावश्यक वाचा र साइनोबाट सजग रहनुहोस् । सरकारी वा प्रशासनिक काममा ढिलाइले महत्त्वपूर्ण अवसर गुम्ने सम्भावना छ । राजनीतिज्ञ र उच्च पदस्थ व्यक्तिहरूको आलोचना बढ्नेछ । तर पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ । धार्मिक वा शैक्षिक यात्राको योजना बन्नेछ । व्यापारमा लगानीले भविष्यमा राम्रो नाफा दिलाउनेछ । अनुसन्धान र खोज कार्यमा प्रगति हुनेछ । प्रेम सम्बन्धका लागि समय उत्तम छ ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
स्वास्थ्य र खानपानको ख्याल नगर्दा समस्या आउन सक्छ । व्यापारमा मन्दी र आम्दानी घट्ने सम्भावना छ । पुराना समस्या दोहोरिनाले समय अलमलमा खर्च हुनेछ । प्रेम सम्बन्धमा अविश्वासले अस्थायी दूरी आउन सक्छ । अध्ययनमा मन जाने योग छ र लामो दूरीको यात्राको संभावना छ ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
औद्योगिक र व्यापारिक लगानीले लाभ दिन सक्छ । शुभ चिन्तकहरूको सहयोगले काम समयमै सम्पन्न हुनेछ । भौतिक सम्पत्ति र विलासी वस्तु मार्फत अरूको मन जित्न सकिनेछ। प्रेम प्रसङ्गमा रमाइलो समय रहनेछ ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आजको दिन स्वास्थ्य कमजोर हुनसक्छ । व्यापारमा आम्दानी कम हुनेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा नहुन सक्छ । प्रेममा अविश्वास र धोका आउन सक्छ । तर मामा वा मावलीबाट सहयोग पाइनेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
अध्ययनमा प्रगति हुने समय छ । लामो दूरीको यात्रा हुनेछ । परिवार र सन्तानको सहयोगले व्यापार र आम्दानीमा फाइदा हुनेछ । प्रेम सम्बन्धका लागि समय राम्रो छ। खाद्यान्न, निर्माण सामग्री र विलासी सामानको व्यापारमा वृद्धि हुनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
अफन्तसँग टाढाइ र पति–पत्नीबीच सामान्य मनमुटाव हुन सक्छ । पढाइमा समय दिन नसक्दा अरूभन्दा पछि पर्न सकिन्छ । राजनीति वा समाजसेवामा समय लगाउनेहरूका लागि मध्यम समय छ । व्यापारमा नाफा कमाउन समय बढी लाग्नेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण हुने अवसर छ । अध्ययनमा मन जानेछ र नतिजा सकारात्मक हुनेछ । तर असजिलो परिस्थितिमा सहयोग कम पाइनेछ । नियम उल्लंघन गर्दा समस्या आउन सक्छ । बन्धु र छिमेकीसँग विवादको संभावना छ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
धन स्थानमा चन्द्रमाको गोचरले व्यापार वा शेयर बजारमा लाभ दिलाउनेछ । आफन्तको सहयोग पाइनेछ । कला, साहित्य र ज्ञान क्षेत्रमा प्रगति हुनेछ । परिवारसँग रमाइलो यात्रा गर्ने अवसर छ । प्रेम सम्बन्धमा समय उत्तम छ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
पढाइ–लेखाइमा प्रगति हुनेछ । व्यापारबाट लाभ हुनेछ । सामाजिक काम र नयाँ व्यवसायबाट आम्दानी बढ्नेछ । सवारी साधन प्राप्तिको योग छ । कलाकारिता र सङ्गीतमा लगानी फाइदाजनक हुनेछ ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
आम्दानीभन्दा खर्च बढी हुने योग छ । प्रेम सम्बन्धमा अविश्वासले टाढा हुनुपर्ने बाध्यता आउन सक्छ । पढाइ–लेखाइमा प्रयासको परिणाम अपेक्षित अनुसार आउनेछ । विदेशी व्यापार वा व्यवसाय फस्टाउनेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
बन्द व्यापार वा पहिले लगानी गरेका रकमबाट लाभ मिल्नेछ। पैतृक सम्पत्ति र प्राकृतिक स्रोतबाट धन आर्जन हुनेछ। जमघटमा रमाइलो र मिष्ठान्न भोजनको अवसर मिल्नेछ। पुराना मित्रसँगको भेटले नयाँ योजना बन्नेछ। परिवारसँग रमाइलो घुमघामको मौका छ।
तपाईको प्रतिक्रिया दिनुहोस