आजको राशिफल (२०८२ साल भदौ २१ गते)

आज २०८२ साल भदौ २१ गते शनिबार। भाद्र शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ६ तारिख। आज इन्द्रजात्रा पर्व। तिथि– चतुर्दशी, ४८ घडी २ पला, रातको १२ बजेर ४८ मिनेट उप्रान्त पूर्णिमा । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १८ मिनेट । दिनमान ३१ घडी २५ पला । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको फलादेशः
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
साथीभाइ तथा परिवारको सहयोगले राम्रा काम बन्नेछन् । व्यापार, उद्योग र लगानीबाट मनग्गे फाइदा हुनेछ । शिक्षामा प्रगति, प्रेममा स्थायित्व र दाम्पत्य जीवनमा सहयोगी समय छ । पैतृक सम्पत्तिबाट पनि लाभ हुने योग छ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
सामाजिक कामबाट प्रतिष्ठा बढ्नेछ । व्यवसायमा लगानीको अवसर आउन सक्छ । पढाइमा प्रगति हुने र अध्ययनकै क्रममा लामो यात्राको योग छ । प्रेम सम्बन्धमा मधुरता रहनेछ । कृषी वा पशुपालनमा लगानी बढाएर फाइदा लिन सकिनेछ । यात्रा गर्दा सावधानी अपनाउनुहोला ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
धार्मिक वा आध्यात्मिक क्षेत्रमा मन जानेछ । अनुसन्धान वा पढाइमा मन लाग्नेछ । व्यवसायमा खर्च–आम्दानीको सन्तुलन मिलाएर लगानी बढाउन सकिनेछ । पुराना काम पूरा हुनेछन् । व्यापारमा लगानीले फाइदा दिनेछ ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
अत्यधिक प्रयासपछि आंशिक सफलता मिल्नेछ । अध्ययनमा कमजोरी देखापर्नेछ । व्यापारमा मन्दी र खर्च बढ्ने सम्भावना छ । स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्त वा दिदीबहिनीसँग विवाद बढ्न सक्छ । जिम्मेवारी पुरा गर्नुपर्ने समय छ ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
व्यापारमा लगानीले लाभ दिनेछ । छोटो दूरीको यात्रा हुने सम्भावना छ । अध्ययन, लेखन, कला वा सङ्गीतमा रुचि बढ्नेछ र तपाईंको प्रतिभाको कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वास बढ्नेछ । जीवनसाथीको सहयोगले सफलता हात लाग्नेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
ऋण, रोग र शत्रु पन्छाउँदै प्रगति गर्न सकिनेछ । साथीभाइ वा इष्टमित्रबाट सहयोग पाइनेछ । अध्ययनमा कम मेहनतमा राम्रो नतिजा आउन सक्छ । मावली पक्षबाट सहयोग हुनेछ। यात्रा र मनोरञ्जनमा समय बित्नेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
बिहान सामान्य स्वास्थ्य समस्या देखिन सक्छ । प्रतिस्पर्धीको अवरोध हट्दै जानेछ । मध्यान्हपछि लगानी गर्दा राम्रो लाभ मिल्नेछ । पढाइमा प्रतिस्पर्धा जित्न सकिनेछ । उपहार वा विलासी सामान प्राप्त हुने योग छ ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
बिहान लगानीले फाइदा दिनेछ। खेलकुद वा साहसिक कार्यमा सफलता मिल्नेछ। मध्यान्हपछि पढाइमा मन लाग्ने छैन। आमासँग टाढा भएर यात्रा गर्दा मन खिन्न हुनेछ। घरजग्गा कारोबारमा मन्दी आउनेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
भाग्यले साथ दिनेछ। सानो लगानीबाट पनि मनग्गे आम्दानी हुनेछ। पुरुषार्थी कामले नाम र दाम बढ्नेछ। सूचना प्रविधि वा नयाँ क्षेत्रमा संलग्न भई फाइदा लिन सकिनेछ। दाजुभाइको सहयोग पाइनेछ। प्रेम सम्बन्धमा रमाउन सकिनेछ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
साहित्य, कला वा बोलेर गर्ने पेशामा सफलता मिल्नेछ । काउन्सेलिङ वा मोटिभेसनमा प्रशंसा पाइनेछ । परिवारसँग भेटघाट र मिष्टान्न खाने अवसर आउनेछ । प्रेममा नजिक भएर भावना साटासाट हुने समय छ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
बिहान लामो यात्रा वा विदेशसम्बन्धी काम हुनेछ । विदेशी व्यापार व्यवसायमा लाभ हुनेछ । खानपानमा ध्यान दिनुहोस्, स्वास्थ्यमा समस्या आउन सक्छ । मध्यान्हपछि सामाजिक कामबाट नाम कमाउने अवसर छ । लगनशीलताले ठूलो उपलब्धि दिलाउनेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
बिहान व्यापारमा फाइदा हुने योग छ । प्राकृतिक स्रोत साधन वा कृषिबाट लाभ मिल्नेछ । मध्यान्हपछि अध्ययनमा मन नलाग्ने र अपेक्षित नतिजा नआउने सम्भावना छ । यात्रा वा काम गर्दा सावधान रहनुपर्नेछ, जरिवाना वा खर्च बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ।
तपाईको प्रतिक्रिया दिनुहोस