Techie IT
२०८२ कार्तिक ३, सोमबार

तपाइको दिन कस्तो रहनेछ, हेर्नुहोस् आजको राशिफल


वि.सं.२०८२ साल आश्विन ९ गते । बिहीबार । ईश्वी सन् २०२५ सेप्टेम्बर २५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन शुक्ल पक्ष । तिथि–चतुर्थी, अहोरात्र । नक्षत्र–स्वाती, ३० घडी १० पला, बेलुकी ५ बजेर ५८ मिनेट उप्रान्त विशाखा । सूर्यास्त बेलुकी ५ बजेर ५५ मिनेट । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफल हेर्नुहोस् ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आज नयाँ सवारी साधन वा मनपर्ने सम्पत्ति जोड्ने योग छ। व्यापार–व्यवसायमा लाभ हुनेछ र रोकिएका रकम फिर्ता हुने सम्भावना छ। परिवारसँग रमाइलो जमघट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर मिल्नेछ। माया–प्रेममा आत्मीयता बढ्नेछ भने दाम्पत्य जीवन अझ प्रगाढ बन्नेछ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रियजनसँग भेटघाट हुने र सम्मान पाउने समय छ। पढाइ–लेखाइमा प्रगति हुनेछ र अध्ययनकै सिलसिलामा यात्रा तय हुन सक्छ। नोकरीमा पदोन्नति वा सुगम स्थानमा स्थानान्तरण हुने सम्भावना छ। खर्च बढे पनि उपभोग्य वस्तु वा पहिरनको व्यापारबाट लाभ हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आज मनपर्ने व्यक्तिबाट उपहार प्राप्त हुने योग छ। माया–प्रेममा रमाउन चाहनेहरूलाई समयले साथ दिनेछ। यात्राको अवसर मिल्नेछ र विलासी सामानको प्रयोगले आकर्षण बढ्नेछ। व्यापारमा विशेष गरी उपभोग्य वस्तु तथा पहिरनमा लाभ हुनेछ। सामाजिक वा राजनीतिक क्षेत्रमा आलोचना भए पनि समर्थन जुट्नेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राजनीति वा समाजसेवामा प्रयास गर्दा अपेक्षित परिणाम नआउनाले निराशा बढ्न सक्छ। पढाइ–लेखाइमा कमजोरी आउन सक्छ तर यात्रा र पारिवारिक मिलनबाट मन हल्का हुनेछ। कृषि वा पशुपालनमा संलग्नले भनेजस्तै आम्दानी गर्न सक्नेछन्। माया–प्रेममा विश्वासको कमी देखिन सक्छ, सचेत रहनुहोस्।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापार र शेयर बजारमा गरिने लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ। रोकिएका रकम फिर्ता हुनेछन् जसले आर्थिक अवस्था बलियो बनाउनेछ। आफन्त तथा कुटुम्बबाट सहयोग पाइनेछ। मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। माया–प्रेममा आत्मीयता बढ्नेछ र जीवनसाथीको भरपूर सहयोग पाउने दिन हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आज धनलाभका अवसरहरू बढ्नेछन्। शेयर बजार वा वित्तीय क्षेत्रमा लगानी लाभदायी हुनेछ। खाद्यान्न, विलासी सामान तथा निर्माण सामाग्रीको व्यापार फस्टाउनेछ। पारिवारिक जमघटमा रमाइलो गर्ने मौका मिल्नेछ। कलाकारिता वा गायन क्षेत्रमा संलग्नले दाम र नाम दुवै कमाउने दिन हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आत्मविश्वास बढ्ने भएकाले कठिन काम पनि सजिलै सम्पन्न हुनेछ। पढाइ, लेखाइ वा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्नेछ। व्यापारमा नाफा हुने र शेयर बजारमा लगानी लाभदायी हुने देखिन्छ। सामाजिक क्षेत्रमा मानसम्मान पाइनेछ। प्रेम सम्बन्धमा सामिप्यता बढ्ने दिन हुनेछ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

खर्च बढे पनि उपलब्धिमूलक काम सम्पन्न हुनेछन्। लामो दुरीको विदेश यात्राको योग छ र विदेशी व्यवसाय वा सामानबाट लाभ हुनेछ। विदेशमा कार्यरत वा पढ्नेहरूका लागि समय अनुकूल हुनेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, खानपानमा ख्याल गर्नुहोस्। यात्रामा असजिलो हुन सक्छ, सचेत रहनुहोस्।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आज काम गर्ने नयाँ बाटाहरू भेटिनेछन्। व्यापार तथा शेयर बजारमा लगानी लाभदायी हुनेछ। सीमित स्रोत साधन प्रयोग गरी ठूलो उपलब्धि हासिल गर्न सकिनेछ। माया–प्रेममा आत्मीयता बढ्नेछ। सामाजिक सञ्जाल वा प्रविधिको उपयोगले आफ्नो विचार जनमानसमा फैलाउन सकिनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ र त्यसको लाभ पाइनेछ। राजनीति वा समाजसेवामा जनताको समर्थन बढ्नेछ। व्यापारमा विशेष गरी उपभोग्य वस्तु तथा पहिरनमा लाभ हुनेछ। परिवारसँग रमाइलो यात्रामा निस्कने अवसर प्राप्त हुनेछ। प्रेम जीवनमा आत्मीयता बढ्ने दिन हुनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार, शेयर बजार वा औद्योगिक क्षेत्रमा लगानी लाभदायी हुनेछ। थोरै प्रयासले ठूलो परिणाम हात लाग्नेछ। धार्मिक वा आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ। अनुसन्धान वा अध्ययनमा उल्लेख्य उपलब्धि पाइनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ र आत्मविश्वासले लक्ष्य पुरा गर्न मद्दत गर्नेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

खानपान र मौसममा ध्यान दिनुहोस्, स्वास्थ्यमा समस्या आउन सक्छ। खर्च बढ्न सक्छ । आफन्तसँग मनमुटाव बढ्न सक्छ, तर पारिवारिक मिलनले मन प्रसन्न हुनेछ। उपभोग्य वस्तु तथा पहिरनको व्यापारमा लाभ हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट