Rashifal
आजको राशिफल हेर्नुहोस् - २०८२ कार्तिक ५ गते बुधबार

आजको राशिफल बि.सं. २०८२ कार्तिक ५ गते बुधबार ई.सं. २०२५ अक्टोबर २२ नेपाल सम्बत ११४६ कछलाथ्व पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष प्रतिपदा, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, प्रिती योग, किन्स्तुघ्ना करण । आज नेपालमा सुर्योदय बिहान ६: ०८ बजे र सूर्यास्त साँझ ५ बजेर ३० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५२ मिनेट देखि ०८ बजेर १० मिनेट सम्म छ ।
आज गोवर्धन पूजा, गाईगोरु पूजा, हलि तिहार, म्हपूजा परेको छ । आजदेखि नेपाल सम्वत ११४६ प्रारम्भ भएको छ । ज्योतिष पण्डित जनेश्वर जोशीले तयारपार्नुभएको आजको राशिफल हेर्नुहोस् ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यक्षेत्रमा पूर्ण तन्मयताका साथ खटिनुपर्ने दिन छ । सेवाग्राही वा सहकर्मीहरूसँग विवाद ठूलो रूप लिनसक्ने सम्भावना छ। प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेका देखिन्छन्, त्यसैले आत्मसंयम अपनाउनु आवश्यक छ। भेटघाट र मेलमिलापको समय भए पनि मानसिक तनाव र चिडचिडापन बढ्नसक्छ, त्यसैले बेकारका बहस र ख्यालठट्टाबाट टाढा रहनुहोला। लगनशीलताका साथ काम गरे पद, प्रतिष्ठा र सम्पत्तिको पुनः प्राप्ति हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सांसारिक सुख–सुविधाप्रति आकर्षण बढ्नेछ। कनिष्ठ कर्मचारीको अभावमा काममा असर पर्न सक्छ, तर परिवारका कनिष्ठ सदस्यको सहयोग पाउनुहुनेछ। घरमा शान्ति र बृद्धबृद्धाको आशीर्वाद प्राप्त हुनेछ। छोराछोरीबाट सन्तोष मिल्नेछ र दाम्पत्य जीवन सुखमय रहनेछ। अघिका प्रयासले सफलता दिलाउनेछ। पहिले रोकिएको वा अधुरो काम आज पुनः प्रयास गर्दा सफल बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम र परिवारबीच सन्तुलन कायम गर्नुपर्ने समय छ। वैदेशिक यात्रा वा त्यस्तो प्रयोजनका लागि प्रयास गर्न अनुकूल दिन रहेको छ । घरायसी जिम्मेवारीका कारण कार्यक्षेत्रमा केही असर पर्नसक्छ, तर लगनशील भएर काम गरे राम्रो परिणाम प्राप्त हुनेछ। प्रेम सम्बन्ध वा पारिवारिक जीवनमा समझदारी कायम रहनेछ। माया, विश्वास र सहकार्यले सम्बन्ध मजबुत बनाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
श्रमप्रति सम्मान बढ्नेछ र मिहिनेतको उचित प्रतिफल पाउने दिन हो। आफ्नै लगनशीलताद्वारा धन र वैभव प्राप्त हुनेछ। कार्ययोजना र व्यवस्थापनमा समन्वय गर्न सके थप लाभ हुनेछ। अर्काको जिम्मामा काम छाड्दा समस्या आउनसक्छ, त्यसैले आफैं निगरानी गर्नुपर्ला। पारिवारिक वातावरण सुखमय रहनेछ। साथीभाइसँग रमाइलो भेटघाट र छोटो भ्रमणको अवसर मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बुद्धिकौशल र मिहिनेतको उपयोगले आज तपाईं सबैको प्रशंसा प्राप्त गर्नुहुनेछ। गुरुजन वा वरिष्ठबाट स्याबासी पाउने सम्भावना छ। आकस्मिक रूपमा कुनै अवसर प्राप्त हुने वा नयाँ मित्र भेटिने दिन छ । आत्मविश्वासका साथ प्रस्तुत हुन सके अन्तर्वार्ता, बैठक र प्रस्तुतीकरणमा राम्रो छाप छोड्न सक्नुहुन्छ। आयको नयाँ स्रोत फेला पर्नुका साथै सञ्चय पनि सम्भव छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मन उत्साहित र शरीर ऊर्जावान् रहनेछ। तपाईंको कार्यशैली र व्यक्तित्वको सबैले प्रशंसा गर्नेछन्। विरोधी र आलोचकहरू आफैं पर हुने समय आएको छ। विपरीत परिस्थितिमा पनि दृढताका साथ काम गर्न सक्ने क्षमता विकसित हुनेछ। पेसागत उन्नति र पदोन्नतिका लागि गरिएको प्रयास सफल बन्नेछ। पार्टनरको भावना बुझ्न सकेमा सम्बन्ध अझ प्रगाढ बन्नेछ। रूप–सौन्दर्य र आत्मविश्वासमा निखार आउने दिन हो।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यस्तता र दौडधूपको दिन रहेको छ । विशेषतः ढुवानी, मार्केटिङ वा व्यवसायिक कार्यमा सफलता पाइनेछ। तर, आफैं उपस्थित रहे मात्र लाभ सम्भव छ। घरमा नयाँ मानिसको आगमन वा गतिविधिप्रति सतर्क रहनुहोस्। पढाइमा ध्यान केन्द्रित गर्न कठिनाइ आउन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम बन्नेछन् र जिम्मेवारी बढ्ने सम्भावना छ। मेहनत गर्दा आम्दानीको नयाँ स्रोत फेला पर्न सक्छ। सहकर्मी वा साथीबीचको प्रेम सम्बन्ध प्रगाढ बन्ने सम्भावना छ। दृढ इच्छाशक्ति र लगनशीलताका साथ अघि बढे नयाँ अवसर र दायित्व दुवै हात पार्न सक्नुहुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भेटघाटमा आफ्नो उन्नति वा पदप्रतिष्ठाको कुरा नगरनुहोस्, नत्र सम्बन्धमा दूरी बढ्न सक्छ। प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ, धन–वैभव जुटाउने अवसर मिल्नेछ। पारिवारिक वा सामाजिक कार्यमा सहभागिता जनाउने इच्छा बढ्नेछ। कारोबारमा राम्रो नाफा पाउने सम्भावना छ। नयाँ प्रस्ताव वा योजनाबारे प्रतिस्पर्धी वा साझेदारसँग विचारविमर्श गर्नु लाभदायक हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक वा पारम्परिक कार्यक्रममा सहभागी हुन अनुकूल दिन हो। योजना अनुसार काम गर्दा केही ढिलाइ हुन सक्छ, तर निरन्तर मिहिनेत गर्नेहरूका लागि सफलताको समय आएको छ। भाग्यले साथ दिनेछ। आफन्त र सहकर्मीहरूलाई सहयोग र प्रोत्साहन गरेर आफ्नो प्रभाव बलियो बनाउन सक्नुहुन्छ। सम्झनुहोस्—विश्वास मुटुमा उम्रिने सुन्दर बिरुवा हो।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। ढाड, पेट र आँखाका समस्या हुनेहरू सतर्क रहनुहोला । ध्यान र संयमले मानसिक शान्ति पाउन सकिन्छ। असुल्झिएका काम आज हल गर्न सकिने दिन हो। खर्च र ऋण बढ्नसक्छ, त्यसैले खर्चमा संयमता अपनाउनुहोला। आत्मबल बढाएर कठिन परिस्थिति पार गर्ने समय हो।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मन रमाइलो बनाउने समय छ । प्रियजनसँग रेस्टुरेन्ट वा बाहिरी भ्रमणमा जाने अवसर मिल्नेछ। यद्यपि, प्रेमसम्बन्धमा अहंकार र जिद्दीपनाले विवाद ल्याउन सक्छ, त्यसैले संयम अपनाउनुहोस्। पारिवारिक जीवन सुमधुर रहनेछ। नेतृत्व र व्यवस्थापन क्षमताको उचित प्रयोग हुने दिन हो। आत्मिक आनन्द र आत्मविश्वास दुबै बढ्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस