Techie IT
२०८२ वैशाख १७, बुधबार

आजको राशिफल – तपाईंको दिन कस्तो रहनेछ


आज विक्रम संवत २०८१ साल फाल्गुन २१ गते,  बुधबार । फागुन शुक्ल पक्षको षष्ठी तिथि। ईश्वी सन् २०२५ मार्च ५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । तिथि–षष्ठी, २८ घडी १ पला, बेलुकी ५ बजेर ३९ मिनेट उप्रान्त सप्तमी । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ६ मिनेट । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको फलादेशः

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन ऊर्जा र उमंगले भरिपूर्ण रहनेछ। पारिवारिक जीवन सुखद रहनेछ भने प्रियजनसँग रमाइलो समय बित्नेछ। नयाँ काम सुरु गर्ने सोच बनाइरहनुभएको छ भने आज उपयुक्त समय छ। धन लाभका सम्भावना छन्, तर खर्च पनि बढ्न सक्छ, त्यसैले सतर्क रहनुहोस्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज तपाईंको आत्मविश्वास बढ्नेछ, जसले कुनै महत्वपूर्ण निर्णय लिन मद्दत गर्नेछ। व्यापारमा फाइदा हुने संकेत छ। प्रेम सम्बन्धमा सुधार आउनेछ भने पारिवारिक सम्बन्ध अझ प्रगाढ बन्नेछ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ, ध्यान दिनुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सकारात्मक सोच राख्दा दिन राम्रो बित्नेछ। नयाँ ज्ञान प्राप्त गर्ने अवसर आउन सक्छ। पढाइमा ध्यान केन्द्रित गर्न आवश्यक छ। आर्थिक मामिलामा सतर्क रहनुहोला, अनावश्यक खर्च बढ्न सक्छ। साथीभाइसँग मतभेद हुने सम्भावना छ, धैर्य राख्नुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार वा नोकरीमा प्रगति हुने सम्भावना छ। मेहनत अनुसारको फल प्राप्त हुनेछ। प्रेम जीवन सुखद रहनेछ भने दाम्पत्य जीवनमा सुमधुरता आउनेछ। स्वास्थ्यका मामिलामा बेवास्ता नगर्नुहोस्। खानपानमा ध्यान दिनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तपाईंको नाम, दाम र प्रतिष्ठा बढ्ने संकेत छ। हिम्मतका साथ अघि बढेमा सफलता हात लाग्नेछ। यात्राका योग छन्, तर सचेत रहनुहोस्। खर्चमा नियन्त्रण राख्नुहोला। आत्मविश्वास बढ्नेछ, जसले कार्यक्षेत्रमा सफलता दिलाउनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन केही चुनौतीपूर्ण रहन सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोला। पारिवारिक सदस्यहरूसँग असमझदारी बढ्न सक्छ, संवादमा स्पष्टता अपनाउनुहोस्। आर्थिक मामिलामा सोचविचार गरेर मात्र निर्णय लिनु उचित हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन मध्यम रहनेछ। आत्मविश्वास बढ्नेछ भने पुराना समस्याहरू समाधान हुनेछन्। आर्थिक स्थिति सुधार हुने संकेत छ। पारिवारिक झगडा हुनसक्छ, तर धैर्यताका साथ व्यवहार गर्दा परिस्थिति नियन्त्रणमा आउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सकारात्मक सोच राख्दा सफलता हात लाग्नेछ। मेहनतले राम्रो नतिजा दिनेछ। प्रेम सम्बन्धमा समस्या आउने संकेत छ, तर धैर्य राखेमा समाधान निकाल्न सकिन्छ। स्वास्थ्यमा सुधार आउनेछ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
आज तपाईंको लागि उपलब्धिमूलक दिन हुनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। शिक्षा तथा करियरमा सुधार आउनेछ। प्रेम जीवन सन्तोषजनक रहनेछ। खर्चको नियन्त्रण आवश्यक छ, नत्र आर्थिक तनाव निम्तिन सक्छ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
आजको दिन तपाईंको लागि विशेष लाभदायक रहनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछन्। कार्यक्षेत्रमा सफलता हात लाग्नेछ। व्यापार तथा नोकरीमा प्रगति हुनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, त्यसैले शरीरलाई आराम दिनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यात्रा गर्नुपर्ने सम्भावना छ। नयाँ योजनामा लगानी गर्दा सावधानी अपनाउनुहोला। अध्ययन तथा अध्यापनमा प्रगति हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्यका विषयमा सतर्क रहनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
आजको दिन फलदायी रहनेछ। शुभ समाचार सुन्न पाइनेछ। आर्थिक लाभ हुने सम्भावना छ। प्रेम जीवन सुखद रहनेछ। पुरानो विवाद समाधान हुन सक्छ। मानसिक रूपमा शान्ति अनुभव हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट