Techie IT
२०८२ भाद्र १, आइतबार

आजको राशीफल (चैत्र ४ गते)


आज विक्रम संवत २०८१ साल चैत्र ४ गते, सोमबार । चैत कृष्ण पक्षको तृतीया तिथि। ईश्वी सन् २०२५ मार्च १७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १२ मिनेट । दिनमान २९ घडी ५८ पला ।  रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयारपार्नुभएको आजको राशीफल हेर्नुहोस्;-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवसायबाट राम्रो नाफा कमाउन सकिनेछ। पढाइमा प्रगति देखिएपछि अग्रजहरू प्रसन्न रहनेछन्। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। पारिवारिक यात्रा रमाइलो हुनेछ। तर, शेयर बजार र स्वास्थ्यमा सजग रहनुहोला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यवसायमा लगानी फस्टाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। मावली पक्षबाट सहयोग पाइनेछ। पढाइमा अग्रस्थान हासिल गर्न सकिनेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ। आज निर्णय र व्यवहारमा परिपक्वता झल्किनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पढाइमा सुधार देखिनेछ। मित्रसँग रमाइलो यात्रा हुनेछ। आकस्मिक धन लाभको योग छ। आफन्तबाट उपहार प्राप्त हुन सक्छ। सामाजिक काममा प्रशंसा प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम सम्बन्धमा खटपट र पारिवारिक विवादले मन अमिल्दो बन्न सक्छ। पढाइ कमजोर हुन सक्छ। कृषिमा भने आम्दानीको संभावना छ। लामो यात्राबाट मानसिक तनाव हुनसक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टें)
लामो मेहनतपछि मात्र सफलता मिल्नेछ। व्यापारमा लगानी गर्दा सावधानी अपनाउनु होला। प्रतिष्ठित व्यक्तिसँग दूरी कायम गर्नु बुद्धिमानी हुनेछ। सामाजिक सञ्जालबाट विचार फैलाउने मौका मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कार्यक्षेत्रमा सम्मान मिल्नेछ। कुटुम्बसँगको व्यापारमा सफलता पाइनेछ। पढाइ र प्रतिस्पर्धामा जित सम्भव छ। माया प्रेम प्रगाढ हुनेछ। साथीभाइसँग रमाइलो समय बित्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पढाइमा मन नलागे पनि भविष्यको लागि आजको लगानी फलदायी हुनेछ। स्वास्थ्यमा कमजोरी देखिएला। अप्ठ्यारा परिस्थितिमा धैर्यता अपनाउनुहोस्। शेयर बजारमा लगानी लाभदायक बन्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान्य स्वास्थ्य समस्या देखिन सक्छ। चिताएको काममा ढिलाइ हुन सक्छ। व्यवहारमा संयमता आवश्यक छ। पढाइमा भने प्रगति देखिनेछ। प्रेम जीवन सामान्य रहनेछ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
आर्थिक क्षेत्र सबल हुनेछ। परिवारको साथ पाइनुका साथै व्यापारमा फाइदा हुनेछ। प्रेममा निकटता बढ्नेछ। नयाँ जिम्मेवारी आउन सक्छ, जसले प्रतिष्ठा बढाउनेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
पढाइमा मन लाग्नेछ। सानो मेहनतमा राम्रो परिणाम मिल्नेछ। व्यापारमा सन्तुलित आम्दानी हुनेछ। संगीत र समाजसेवामा सफलता मिल्नेछ। नयाँ अवसर प्राप्त हुने दिन हो।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धार्मिक तथा शिक्षायात्राको सम्भावना छ। सरकारी कामबाट लाभ मिल्नेछ। पदोन्नति वा स्थानान्तरणको अवसर आउन सक्छ। शेयर बजारमा लगानी लाभदायक हुनेछ।

मीन (दि, दू, थ, झ, ञ, दे, दो, चा, ची)
खर्च बढ्नेछ, आम्दानीमा चुनौती आउन सक्छ। पारिवारिक विवाद टार्नुहोला। प्राविधिक अध्ययनमा फाइदा हुनेछ। प्रेम सम्बन्धमा असमझदारी बढ्न सक्छ, बोलीमा सन्तुलन राख्नु राम्रो हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट