Techie IT
२०८२ वैशाख २८, आइतबार

आजको राशिफल (२०८२ साल वैशाख २८ गते)


वि.सं.२०८२ साल वैशाख २८ गते । आइतबार । इस्वी सन् २०२५ मे ११ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । वैशाख शुक्ल पक्षको चतुर्दशी तिथि । उत्तरायणं । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४२ मिनेट । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशिले तयार पार्नुभएको आजको राशिफल । 

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आजको दिन आत्मबलमा वृद्धि हुनेछ र तपाईँले निर्णायक क्षणमा ठोस कदम चाल्ने अवसर पाउनुहुनेछ । व्यापार, उद्योग वा नयाँ लगानीको योजना सफलतापूर्वक अघि बढ्न सक्छ । परिवारमा सौहार्दता बढ्नेछ र वैवाहिक जीवनमा आपसी समझदारी थप सुदृढ हुनेछ । नयाँ प्रोजेक्टमा हात हाल्नुभन्दा पहिले वरिष्ठ वा अनुभवीको सल्लाह लिनु राम्रो हुनेछ । प्रेम सम्बन्धमा प्रगाढता आउनेछ र केहीको विवाह सम्बन्धमा पनि सहमति जुट्न सक्छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
मावली पक्षबाट विशेष सहयोग प्राप्त हुनेछ भने यसले तपाईँलाई मानसिक रूपमा बलियो बनाउनेछ । न्यायिक कार्यहरूमा सफलता प्राप्त हुनेछ र कानुनी विवादमा जितको संकेत देखिन्छ । शिक्षा, राजनीति वा प्रशासनिक क्षेत्रमा लाग्न चाहनेहरूका लागि आजको दिन फलदायी हुनेछ । पति–पत्नीबीचको सम्बन्ध अझ मजबुत बन्नेछ । प्रेममा रहेका जोडीहरूबीच भावनात्मक सामीप्यता बढ्नेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
आजको दिन अनुकूल छ । शुभचिन्तकको साथ र सुझावले तपाईंलाई सही दिशा देखाउनेछ । वित्तीय क्षेत्रमा लगानीका लागि उपयुक्त समय छ । शेयर बजार वा घर–जग्गा खरिदको योजना अघि बढाउन सक्नुहुन्छ । प्रेममा नयाँ उमङ्ग आउनेछ । पुराना मनमुटाव मेटिएर सम्बन्ध बलियो बन्नेछ । भोज–भतेरमा सहभागी भइने योग छ भने कुनै विशेष उपहार पाउने सम्भावना पनि छ । आत्मविश्वास बढ्नेछ र प्रतिस्पर्धात्मक परीक्षामा सफलता मिल्न सक्छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
घरायसी समस्याले मानसिक तनाव बढाउन सक्छ । आमासँगको दूरी वा पारिवारिक कर्तव्यका कारण भावनात्मक असर देखिन सक्छ । वित्तीय पक्ष कमजोर हुन सक्नेछ भने विशेषगरी अचानक खर्चले बजेट बिग्रन सक्छ। आफ्नो इज्जत र प्रतिष्ठा जोगाउन व्यवहार संयमित राख्नुहोला ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आज छोटो यात्रा लाभदायक हुनेछ । खेलकुद, सञ्चार वा लेखन–कलामा संलग्नहरूका लागि सफलता प्राप्त हुने सम्भावना प्रबल देखिन्छ । व्यापारमा लगानीको उपयुक्त समय छ तर नाफा लिने बेला धैर्य अपनाउनु पर्नेछ । दाम्पत्य सम्बन्धमा समझदारी बढ्नेछ र प्रेम जीवनमा आत्मीयता गहिरिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ हुनेछन् र सार्वजनिक समारोह वा जमघटमा विशेष सम्मान मिल्न सक्छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आज काउन्सेलिङ, मिडिया, साहित्य वा कला क्षेत्रका लागि अत्यन्त अनुकूल समय छ । पारिवारिक भेटघाट, भोजभतेर र रमाइलो जमघटको अवसर प्राप्त हुनेछ । वैवाहिक वा प्रेम सम्बन्धमा नयाँ मोड आउनेछ। सरकारी वा ठूला संस्थाबाट कुनै सकारात्मक समाचार पाउने सम्भावना छ । यात्रामा जानुपर्दा ध्यान पुर्‍याउनुहोला ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
पढाइ र अनुसन्धानको क्षेत्रमा ध्यान केन्द्रित गर्न सकिनेछ । परीक्षा वा प्रतियोगितामा सफलता मिल्नेछ । परिवारको सहयोग र आत्मीयताको अनुभूति हुनेछ । कला र संगीतप्रति रुचि बढ्नेछ। प्रेम र मित्रताको सम्बन्धमा नयाँ उचाइ प्राप्त हुनेछ । शारीरिक फिटनेस र सौन्दर्यमा ध्यान दिने समय आएको छ । जीवनशैलीमा सकारात्मक परिवर्तन हुने संकेत छन् ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आजको दिन खर्चिलो हुन सक्छ, विशेष गरी अनावश्यक कुरामा धन खर्च हुने सम्भावना छ । स्वास्थ्यमा थोरै कमजोरी देखिन सक्छ, विशेष ध्यान दिनुहोला। काममा मन नलाग्ने तर दायित्व पालना गर्नैपर्ने स्थिति आउन सक्छ। पुराना साथीहरूसँग टाढिएको अनुभूति हुने छ । यद्यपि विदेशतर्फको प्रयास सफल हुन सक्ने र विदेशसँग जोडिएको व्यापारमा लाभ पाउन सकिने समय छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
आज आम्दानी बढ्ने सम्भावना उच्च छ । शेयर बजार, कृषि वा व्यापारमा गरिएको लगानी फाइदाजनक हुने देखिन्छ । परिवारबाट प्रेरणा पाइनेछ र मन प्रसन्न हुनेछ । प्रेम जीवनमा यात्राको योग रहेको छ, रमाइलो क्षण बित्नेछ । सामाजिक क्षेत्रमा सक्रिय भूमिका रहनेछ । देशभन्दा स्वदेशमा अवसर खोज्दा राम्रो परिणाम आउनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
शैक्षिक सफलता प्राप्त हुने सम्भावना छ । प्रतिस्पर्धीहरू पछि पर्छन् । व्यापारमा राम्रो लाभ हुनेछ भने लगानीको विस्तार गर्न सकिने समय छ । घर–परिवारमा नयाँ सन्तान आगमन वा सुखद समाचार आउने सम्भावना छ । वैवाहिक सम्बन्धमा समझदारी र प्रेम बढ्नेछ । पदोन्नति वा नयाँ जिम्मेवारीको प्रस्ताव आउन सक्छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
लामो समयदेखि रोकिएको काम पूरा हुने सम्भावना छ । सरकारी वा प्रशासनिक सहयोग प्राप्त हुन सक्छ । घरायसी खर्चमा केही वृद्धि हुने भएपनि मानसिक सन्तुलन कायम राख्न सकिनेछ । समाजमा प्रतिष्ठा बढ्नेछ, नयाँ सम्पर्कहरू स्थापित हुनेछन् । स्वास्थ्यमा सुधार हुनेछ भनर जीवन साथीको सहयोग पाइनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आजको दिन विशेष ध्यान दिनुपर्नेछ । साढेसातीको प्रभावले मानसिक चाप बढ्नेछ । आर्थिक पक्ष कमजोर देखिन्छ । स्वास्थ्यमा कमजोरी आउने सम्भावना छ । पारिवारिक सल्लाह र आत्मविश्लेषणबाट दिन सहज बनाइनेछ । प्रेम र वैवाहिक जीवनमा धैर्य र समझदारी आवश्यक छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट