Techie IT
२०८२ श्रावण ३१, शनिबार

आजको राशिफल बि.सं २०८२ जेठ २१ गते


आजको राशिफल बि.सं २०८२ जेठ २१ गते बुधवार, ई.सं २०२५ जुन ४, नेपाल सम्बत ११४५ लक्षालाथ्व नवमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला नवमी, चन्द्रमा सिंह राशीमा, सुर्य बृष राशीमा, करणः गर, योगः ब्याघत । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयारपार्नु भएको आजको राशिफल हेर्नुहोस् -

मेष
उपहार वा नगद धन प्राप्त हुने सम्भावना छ । उच्चपदस्थ व्यक्तिहरूसँग सम्बन्ध राम्रो बन्नेछ । कुनै काम पूरा गर्न चाहनुहुन्छ भने आज नै प्रयास गर्नुहोस् । साथीसंगी र आफन्तसँगको भेटघाट रमाइलो हुनेछ, तर बोलीमा संयमता राख्नुपर्छ, सानातिना कुराले पनि मनमुटाव आउन सक्छ । पारिवारिक र सामाजिक सम्बन्धमा सुधार ल्याउने समय छ ।

वृष
नयाँ काम वा व्यवसायको थालनी गर्न अनुकूल समय छ । आफैं खटिने बानी र सहयोगीहरूको साथले प्रगतिको बाटो खुल्नेछ । वैवाहिक सम्बन्धमा केही मतभेद देखिए पनि माया र विश्वासको आधार बलियो रहन सक्छ । आजको सानो प्रयासले दीर्घकालीन सफलता दिलाउने संकेत छन् । नयाँ लगानी र व्यवसायिक विस्तारका लागि उपयुक्त समय छ ।

मिथुन
दिन थोरै व्यस्त र तनावपूर्ण बन्न सक्छ, विशेष गरी बाध्यताजन्य कार्यमा । तर वैदेशिक क्षेत्रबाट लाभ पाउने संकेत देखिन्छ । सानो प्रयासले ठूलो उपलब्धि पाउन सकिने समय छ ।  व्यावसायिक बहस वा बहसजन्य अवस्थाबाट टाढा रहनु उपयुक्त हुनेछ ।

कर्कट
पहिले गरेको लगानीबाट लाभांश प्राप्त हुने सम्भावना छ । खर्च बढ्ने समय छ । घरभित्र माङ्गलिक कार्यको योजना बन्न सक्छ वा कुनै पारिवारिक कार्यक्रमको तयारी हुनेछ ।  सामाजिक र पारिवारिक वातावरणमा मिलन हुनेछ ।

सिंह
करियर र भविष्यको योजना बनाउन उपयुक्त समय छ । व्यवस्थापन, कला र वाणिज्य क्षेत्रका विद्यार्थी वा पेशाकर्मीका लागि अवसरको संकेत छ । आजका योजना कार्यान्वयनमा ल्याउन सकिनेछ । सम्मान, पुरस्कार वा दूरगामी योजनाको शुरुवात हुन सक्छ।

कन्या
नयाँ ज्ञान र जानकारीको आदानप्रदान हुने दिन रहेको छ । कार्यक्षेत्रमा तपाईंको भूमिका प्रभावशाली बन्नेछ । वैकल्पिक आम्दानीका अवसर प्राप्त हुनेछन् । प्रेम सम्बन्धमा नजिकिने समय छ, सामिप्य र आत्मीयता अझ प्रगाढ बन्नेछ । अचानक जिम्मेवारी प्राप्त हुने सम्भावना पनि छ ।

तुला
नयाँ निर्णय लिन आज परिस्थिति अनुकूल छैन । कामदार र व्यवस्थापन पक्षबीच सन्तुलन आवश्यक देखिन्छ । मनमा अशान्ति रहनेछ, भावनात्मक उतारचढाव हुनसक्छ । घरायसी व्यवस्थापनमा व्यस्तता रहनेछ। दिन सफल बन्न सक्छ, तर संयमता र अनुशासन अत्यावश्यक हुनेछ ।

वृश्चिक
पेशागत जीवनमा सफलता मिल्नेछ । पारिवारिक सुख र प्रेम जीवनका लागि केही समय छुट्याउनु आवश्यक देखिन्छ । साथीभाइ वा आफन्तसँग भेटघाट रमाइलो हुने सम्भावना छ । सृजनात्मक कार्यमा मन जानेछ, मन हलुका र खुसी हुने दिन छ । लामो समयपछि विश्राम पाउने मौका मिल्नेछ।

धनु
धार्मिक काममा संलग्न हुनुपूर्व आत्मविश्लेषण गर्न आवश्यक छ । आम्दानीको पक्षमा राम्रो समय छ । स्वास्थ्यमा सुधार आउनेछ, तर आवेग वा रिसरागमा निर्णय नलिनु उपयुक्त हुनेछ । आध्यात्मिक वा सामाजिक कार्यमा संलग्न हुँदा मन हलुका महसुस हुनेछ ।

मकर
पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । अध्ययनमा प्रगति हुने सम्भावना छ । कुनै नयाँ प्राविधिक सीप सिक्ने अवसर आउन सक्छ । छोराछोरीको सुखका लागि केही गुप्त रूपमा काम गर्नुपर्ने अवस्था आउन सक्छ । सोचेजस्तै नतिजा पाउन सकिने समय छ । यदि कुनै नयाँ योजना सुरु गर्ने योजना छ भने, प्रयास गर्नु उपयुक्त हुनेछ ।

कुम्भ
दिमाग भारी हुने, दबाब बढ्ने समय छ । सानो भूलले ठूलो असर गर्न सक्छ, सतर्कता अपनाउनु आवश्यक छ । पारिवारिक जिम्मेवारी बढ्न सक्छ । साथीभाइ वा नयाँ व्यक्तिसँग सम्पर्क बढ्ने र काममा सघाउ पुग्ने सम्भावना छ । अफ्ठ्यारो परिस्थितिमा धैर्यता र परिवारको साथ लाभदायक बन्नेछ ।

मीन
सामाजिक र पारिवारिक सम्पर्क बलियो बन्नेछ । नजिकका व्यक्तिबाट सहयोग र समर्थन पाइनेछ । उच्चपदस्थ व्यक्तिसँग भेट हुने योग छ, जसको सल्लाह लाभदायक हुनेछ । सार्वजनिक काम, निर्माण, ढुवानी वा सेवामूलक क्षेत्रमा लागेकाहरूका लागि राम्रो दिन रहेको छ । प्रेम र सम्बन्धमा सामीप्य बढ्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट