Techie IT
२०८२ असार ३, मंगलबार

आजको राशिफल (असार ३ गते)


वि.सं.२०८२ साल आषाढ ३ गते । मङ्गलवार । इस्वी सन् २०२५ जुन १७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । आषाढ शुक्लपक्ष । तिथि–षष्ठी, १७ घडी ४७ पला, दिउसो १२ बजेर १६ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–शतभिषा, ४४ घडी ४२ पला, बेलुकी ११ बजेर ३ मिनेट उप्रान्त पूर्र्वाभाद्रपदा । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५९ मिनेटमा हुने । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफल हेर्नुहोस् ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आज विभिन्न स्रोत तथा साधन जुटाई दीर्घकालीन लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ । पैतृक सम्पत्तिबाट हुने आम्दानीको सदुपयोग गर्दा आर्थिक मजबूती प्राप्त हुनेछ । बैंक तथा शेयर बजारमा गरिएको लगानी लाभदायक हुनेछ । दाजुभाइको सहयोगले सवारीसाधन वा अन्य भौतिक सम्पत्ति जोड्न सकिनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
शुभचिन्तक तथा आत्मीय व्यक्तिहरूको सहयोग पाइने दिन छ । विगतमा अड्किएका कार्यहरू आज सहजै बन्नेछन् । कार्यक्षेत्रमा प्रशंसा पाउनेछ र पदोन्नतिको सम्भावना पनि देखिन्छ । पुराना पारिवारिक विवाद समाधानतर्फ जानेछन् । अध्ययनमा मन जानेछ र प्रेम सम्बन्ध थप गहिरो बन्नेछ । राजनीति र सामाजिक क्षेत्रमा सक्रियहरूका लागि आजको दिन प्रभावशाली बन्नेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
धार्मिक आस्था बढ्नेछ र धार्मिक स्थलको यात्रा गर्ने अवसर जुर्न सक्छ । पढाइको सिलसिलामा टाढाको यात्रा गर्नुपर्ला । भाग्य प्रबल रहने भएकाले सामान्य प्रयासमै ठूला उपलब्धि हासिल गर्न सकिनेछ । प्रेममा निकटता र विश्वास बढ्नेछ । प्रशासनिक वा सरकारी निकायमा तपाईँको उपस्थिति प्रभावशाली रहनेछ । आज बोली र व्यवहारमा मिठास राख्दा धेरै फाइदा हुनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
आजको दिन मिश्रित फलदायी रहनेछ । व्यापारमा लाग्ने समयअनुसारको प्रतिफल नआउन सक्छ । परिवारभित्र असमझदारी बढ्ने सम्भावना रहेकोले सजक हुनुपर्छ । खानपानमा लापरवाही गर्दा स्वास्थ्य समस्या आउन सक्छ । प्रेममा दूरी र मनमुटावको सम्भावना रहेकोले भावनामा बहकिनु अघि सोच्नुपर्छ। पढाइमा निरन्तरता दिँदा मात्र सफलता हात लाग्नेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
भौतिक सम्पत्ति र विलासी वस्तुको कारोबारमा लाभ पाइनेछ। पारिवारिक र वैवाहिक जीवनमा समन्वयपूर्ण वातावरण रहनेछ। जीवनसाथीको सहयोगले उन्नतिका द्वार खुल्नेछ। बुद्धिको प्रयोगले निर्णायक फाइदा लिन सकिनेछ। आज साथी वा आफन्तबाट उपहार प्राप्त हुने सम्भावना पनि छ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
साहस र आत्मबलले जटिल कार्य पनि सजिलै सम्पन्न गर्न सकिनेछ। पुराना ऋण तिर्ने अवसर मिल्नेछ। पढाइमा मन जानेछ र नतिजा तपाईंको पक्षमा आउनेछ। मामा पक्षसँग बिग्रिएका सम्बन्धहरू सुधारिनेछन्। आज नयाँ र दीर्घकालीन आम्दानी दिने व्यवसाय सुरु गर्न सकिनेछ। प्रेममा समर्पण र समझदारीले सम्बन्ध बलियो बनाउनेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
पढाइ, लेखाइ र सिर्जनात्मक कार्यमा सफलता प्राप्त हुनेछ। चिट्ठा, पुरस्कार वा अन्य माध्यमबाट अप्रत्याशित लाभको सम्भावना छ। सामाजिक र परोपकारी कार्यमा सहभागी हुँदा सम्मान पाइनेछ। प्रेम सम्बन्धमा नजिकको अनुभव हुने समय हो। परिवारको सहयोगले मनमा आनन्दको अनुभूति हुनेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
दिन थोरै चुनौतीपूर्ण हुन सक्छ। राजनीतिक वा सामाजिक क्षेत्रमा तपाईंको उपस्थिति प्रभावशाली भए पनि आलोचना पनि हुन सक्छ। घर-जग्गा सम्बन्धी कार्यमा विशेष ध्यान दिनुपर्नेछ । प्रेममा विश्वासको कमी हुन सक्छ। सल्लाह बिना गोप्य योजना सार्वजनिक नगर्नु राम्रो हुने ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
आज कम प्रयासमै सफलता प्राप्त गर्ने योग छ । पढाइमा मन लाग्नेछ र राम्रो परिणाम आउनेछ। छरछिमेक वा दाजुभाइसँग मिलेर गरिएको व्यापार फस्टाउनेछ। शेयर बजार र नगद प्रवाह राम्रो हुने दिन हो। प्रेममा सामीप्यता बढ्नेछ र भावनात्मक तवरले मन रमाउनेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
विगतमा सुरु गरिएका कामबाट आज सकारात्मक नतिजा प्राप्त हुनेछ। नयाँ योजना बनाउने र कार्यान्वयन गर्ने समय उपयुक्त छ। वित्तीय क्षेत्रमा गरिएको लगानी लाभदायक हुनेछ। पढाइमा एक कदम अघि बढेर उत्कृष्टता देखाउने समय हो। प्रेम जीवनमा सकारात्मक उर्जा देखिनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
आजको दिन अवसरदायी रहनेछ। बुद्धिको प्रयोगले व्यापार र अध्ययनमा फाइदा हुनेछ। राजनीतिमा लाग्नेहरूले पद तथा प्रतिष्ठा प्राप्त गर्न सक्नेछन्। पारिवारिक निर्णयमा केही असहमति देखिए पनि समन्वय गर्न सकिनेछ। प्रेम सम्बन्धमा सशक्तता आउनेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
स्वास्थ्यमा सुधार देखिए पनि खर्चको मात्रा बढ्ने देखिन्छ। प्रेम सम्बन्धमा असमझदारी वा धोका हुन सक्छ, सतर्क रहनु उपयुक्त हुन्छ। धार्मिक कार्यमा लाग्दा मन शान्त रहनेछ। विदेशमा रहेका वा जान चाहनेका लागि आजको दिन शुभ संकेत लिएर आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट