रुपन्देही प्रहरीले ठूलो परिमाणमा नक्कली भारतीय नोटसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगरका २१ वर्षीय अभिषेक कसौधन र महाराष्ट्रका २४ वर्षीय यश बाउसाहेब ब्राह्मण रहेका छन्।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपर�...