Techie IT
२०८३ श्रावण १५, शुक्रबार

रुपन्देहीमा दुई भारतीय नागरिक पक्राउ


रुपन्देही प्रहरीले ठूलो परिमाणमा नक्कली भारतीय नोटसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगरका २१ वर्षीय अभिषेक कसौधन र महाराष्ट्रका २४ वर्षीय यश बाउसाहेब ब्राह्मण रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार, सिद्धार्थनगर नगरपालिका–१२ मा नक्कली नोटको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट भारतीय रुपैयाँ ५०० दरका १४० थान नक्कली नोट (कुल ७०,००० भारतीय रुपैयाँ), दुई थान मोबाइल फोन र दुई थान भारतीय आधार कार्ड बरामद गरेको छ।

घटनाको थप अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट