साउदी अरबका लागि नेपालका तर्फबाट राजदूतमा प्रस्तावित गिरबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा अभियन्ता खगेन्द्र सुनारविरुद्ध संसद्को संसदीय सुनुवाइ समितिमा गम्भीर प्रकृतिका फौजदारी तथा आर्थिक अनियमितताका उजुरीहरू दर्ता भएका छन्। सरकारले सिफारिस गरेका विभिन्न देशका �...