महोत्तरीमा वनक्षेत्र उजाडेर अतिक्रमण गर्ने र कानुनी राज्यको खिल्ली उडाउनेहरूविरुद्ध वन कार्यालयले कडा कारबाहीको तयारी गरेको छ। डिभिजन वन कार्यालय, महोत्तरीले सागरनाथ वन विकास परियोजनाको २ नम्बर प्लटमा रहेका बहुमूल्य रुखहरू जथाभाबी काट्ने र रुखका फेदमा विषादी प्रयोग गरी सुकाएर मार्ने गिरोहविरुद�...