राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वाग्मती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लंघन गर्ने पाँच जना सांसदलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा औपचारिक पत्र दर्ता गराएको छ।मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत नदिने ती असन्तुष्ट सांसदहरूलाई कारबाही गरी पदमुक्त गर्न माग गर्दै संसदीय दलका �...