Techie IT
२०८३ जेष्ठ १०, आइतबार

गोकर्णेश्वरमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु


काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।

दुर्घटना बिहीबार दिउँसो पौने ४ बजे गोकर्णेश्वर नगरपालिका–४, नाम्गेल कोलमती मार्गस्थित भित्री सडकमा भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिएका छन् ।

उनका अनुसार सडकतर्फ ब्याक गर्दै गरेको बा ३ ख ४३४५ नम्बरको ट्रकले बालिकालाई ठक्कर दिएको हो।

मृतक बालिका गोकर्णेश्वर–२ बस्ने २३ वर्षीया फुर्बु लामा शेर्पाकी छोरी हुन् । घटना घर अगाडि खेलिरहेको बेला भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालक ३६ वर्षीय हरिबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी भक्तपुरको कमलविनायक निवासी हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट