Techie IT
२०८२ श्रावण ११, आइतबार

पनौतीमा मोटरसाइकल दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते


काभ्रेपलान्चोकको पनौती नगरपालिका–३ कुशादेवीको बगुवामा आइतबार भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् र छोरा घाइते भएका छन् ।

कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा ३२ वर्षीया सुजना खत्री गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि लगिए पनि ज्यान जोगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी मिन घलेले जानकारी दिएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक पनौती–५ निवासी विजय थापा र उनका पाँच वर्षीय छोरा बिएन्स थापा घाइते भएका छन् । चालक विजय थापाको देब्रे खुट्टाको गोलीगाँठोमा चोट लागेको छ भने बालक बिएन्सको निधारमाथि टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । 

हाल उनीहरू दुवैजनाको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ र अवस्था बोल्न सक्ने रहेको छ । दुर्घटनामा परेको मोटरसाइकललाई प्रहरी चौकी कुशादेवीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट