Techie IT
२०८३ जेष्ठ १०, आइतबार

जुम्लाबाट सुर्खेत तर्फ आउँदै गरेको जिप कालिकोटमा दुर्घटना


जुम्लाबाट सुर्खेत तर्फ आउँदै गरेको यात्रुबाहक जिप कालिकोटमा दुर्घटना भएको छ। खुलालु–जुम्ला सडक खण्ड अन्तर्गत खाँडाचक्र नगरपालिका–१० गोलुवा क्षेत्रमा कर्णाली प्रदेश ०२–००१ ख ०९७६ नम्बरको जिप दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख टेकबहादुर रावलका अनुसार, दुर्घटना स्थलबाट करिब एक सय मिटर तल तिला नदी किनारामा जिप खसेको थियो। दुर्घटनामा जिपमा सवार सबैलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालिकोट पठाइएको छ।

प्रहरीले घाइतेहरूको संख्या र पहिचानबारे अनुसन्धान जारी राखेको बताएको छ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट