Techie IT
२०८२ भाद्र ११, बुधबार

देशभर सडक दुर्घटना : ६ जनाको मृत्यु, १३ जना घाइते


झापा, दोलखा, नवलपरासी र कञ्चनपुरमा मंगलबारदेखि बुधबार बिहानसम्म भएका छुट्टाछुट्टै सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

झापा
कन्काई नगरपालिका–८ बिरीङ पुलस्थित सडकमा मंगलबार राति मे.१ च ५४४६ नम्बरको पिकअप र मे.१ च ३४४० नम्बरको भ्यान ठोक्किँदा भ्यान चालक शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका बाँस्कोटाको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
सो भ्यानमा सवार अन्य ४ जना घाइते भई सोही अस्पतालमा उपचाररत छन्। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दोलखा
भिमेश्‍वर नगरपालिका–६ रमितेडाँडास्थित सडकमा मंगलबार राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गेका २६ वर्षीय सुजन (श्याम बहादुर) खत्री र भिमेश्‍वर नगरपालिका–५ माटीका २४ वर्षीय सिरिष बस्नेत रहेका छन्।
दुवै जना गम्भीर घाइते भई चरिकोटस्थित च्छो रोल्पा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले एक मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।

नवलपरासी (पूर्व)
देवचुली नगरपालिका–६ टोक्रे खोला पुलस्थित सडकमा मंगलबार साँझ लु.१ स ९०९४ नम्बरको अटो दुर्घटना हुँदा भारत मोतिहारी घर भएकी ३५ वर्षीया रिजुवाना खातुनको मृत्यु भएको छ।
गम्भीर घाइते खातुनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुर
पुनर्वास नगरपालिका–१० दोदापुलस्थित सडकमा बुधबार बिहान सु.प.प्र ०१–००८ प ४९९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ “ग” गाउँ बस्ने १८ वर्षीय जयराज थापाको मृत्यु भएको छ।
गम्भीर घाइते थापाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार अर्का एक जना घाइते भई उपचाररत छन्।

प्रहरीका अनुसार सबै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट