Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

बसमा ढुङ्गा खस्दा एक यात्रुको मृत्यु


सांकेतिक

नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार साँझ बसमा ढुङ्गा खस्दा एक यात्रुको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बस इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुल नजिक पुग्दा सडक माथिबाट ढुङ्गा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा लमजुङको घलेगाउँकी ४६ वर्षीया ऐश्वर्या कामी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान जारी राखेको सूचना अधिकारी खनालले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट