Techie IT
२०८३ असार ३२, बिहीबार

महोत्तरी बस दुर्घटना: गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौँमा ल्याइयो


महोत्तरीमा आज भएको यात्रुवाहक बस दुर्घटनामा गम्भीर घाइते भएका व्यक्तिलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ उपचारका लागि ल्याइएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका दुई पुरुष र चार महिलालाई थप उपचारका लागि गैरसैनिक प्यारामेडिक्ससहित काठमाडौँ पठाइएको हो। महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो भने करिब ४० जना घाइते भएका थिए।

यस्तै, नेपाली सेनाले कर्णाली नदीको चिसापानी खण्डमा माछा मार्ने क्रममा डुबेका एक व्यक्तिको शव उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ। सुदूरपश्चिम पृतना तालिम शिक्षालय, कैलालीबाट खटिएको फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा उक्त शव उद्धार गरेको सेनाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट