मकवानपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार, बाप्र०३–००५प ७९८० नम्बरको मोटरसाइकल पुलबाट करिब ५० फिट तल खसेको थियो। दुर्घटनामा मोटरसाइकल चालक वीरबहादुर गुरुङ (३९), हेटौँडा उपमहानगरपालिका–२ चौकी टोल निवासी र पछाडि सवार चन्द्रबहादुर गुरुङ (३५), पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हेटौँडा उपमहानगरपालिका–२ बस्ने, दुवैको घटनास्थलमै मृत्यु भएको छ।
मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस