Techie IT
२०८२ मंसिर १२, शुक्रबार

धरानमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एकको अवस्था गम्भीर


धरान उपमहानगरपालिका–८ तीनकुनेमा सडक किनारमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्को जना गम्भीर घाइते भएका छन्।

प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रक सडक छेउमा रोकराखिएको अवस्थामा गए राति प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी–५ का ३२ वर्षीय अमित राई गम्भीर घाइते भएका छन्। राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट