Techie IT
२०८२ मंसिर १८, बिहीबार

आज सडक दुर्घटनामा तीन जनाको मृत्यु


आज काठमाडौं, मकवानपुर र मोरङमा मंगलबार र बुधबार भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–२, केशरमहल चोकस्थित सडकमा बा.प्र.०१–०३० च २३४८ नम्बरको कारले पैदलयात्री भारतीय नागरिक ३४ वर्षीय शेक साकिरलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१९, बस्तीपुरस्थित सडकमा बिग्रिएर रोकी राखेको ना.५ ख ३५८७ नम्बरको कन्टेनरमा बा.४९ प ६६५८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक, मकवानपुरगढी गाउँपालिका–२, गैरीभञ्ज्याङ बस्ने ३० वर्षीय बाल कृष्ण अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको उपचार भइरहेको छ। कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङ, बेलबारी नगरपालिका–७, बाहुनीस्थित सडकमा बुधबार बिहान को.२ त ९६१३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा झापा दमक घर भएका ३० वर्षीय कुमार गिरीको मृत्यु भएको छ। उनका तीन जना सहयात्री विराट नर्सिङ होम विराटनगरमा उपचाररत छन्। प्रहरीले फरार ट्याक्टर चालकको खोजी गर्दै घटनाको अनुसन्धान गरिरहेको छ।

तीनै दुर्घटनामा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट