Techie IT
२०८२ माघ १९, सोमबार

सडक दुर्घटनामा सात जनाको मृत्यु


देशका विभिन्न स्थानमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। 

धरान–१३ मा पिकअप गाडी अनियन्त्रित हुँदा मोरङका २१ वर्षीय सोहन कामतको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। नवलपरासी पश्चिमको पाल्हीनन्दन–३ मा मोटरसाइकलको ठक्करबाट ७ वर्षीया छेमा साहानीको मृत्यु भएको छ। 

नवलपरासी पूर्व, देवचुली–१ मा मोटरसाइकल दुर्घटनामा गैंडाकोटका ३२ वर्षीय जीवन क्षेत्री मृत्यु भएका छन्। धादिङको धुनिबेशी–६ मा सात सवारी आपसमा ठोक्किँदा ५९ वर्षीय सेख अलि र नाम नखुलेका एक पुरुषको मृत्यु भयो र ६८ जना घाइते भएका छन् ।

रोल्पा रुन्टिगढी–९ मा ट्याक्टर दुर्घटनामा ५२ वर्षीय मोहन बस्नेत र दाङ दंगिशरण–६ मा मोटरसाइकल–ट्रक ठक्करबाट २३ वर्षीय भिषन पुन मगरको मृत्यु भएको छ। आइतबार धादिङको सिद्धलेक–७ मा ट्याक्टर दुर्घटनामा २४ वर्षीय अमृत सेढाई र दोलखा बैतेश्वर–६ मा मोटरसाइकल दुर्घटनामा ३० वर्षीय अंकितराज उप्रेतीको मृत्यु भएको प्रहरीले जनाएको छ। सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट