Techie IT
२०८२ मंसिर २७, शनिबार

देशभर सडक दुर्घटनामा ९ जनाको मृत्यु


देशका विभिन्न स्थानमा बिहीबार र शुक्रबार भएका छुट्टाछुट्टै सडक दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । 

ललितपुरको युएन पार्कमा स्कुटर र चार सवारी एकआपसमा ठोक्किँदा ४६ वर्षीय राजिव सिन्हाको उपचारको क्रममा निधन भयो । कैलालीमा ट्याक्टरले गोरू गाडा ठक्कर दिँदा ५२ वर्षीय अजुवा सार्कीको मृत्यु भयो । 

पर्साको वीरगञ्जमा ई–रिक्सा पल्टिँदा सवार ७ वर्षीय इमरान खानले ज्यान गुमाए । प्रदेशभर शुक्रबार भएको अन्य दुर्घटनामा रोल्पामा अटो पल्टिँदा चालक ५४ वर्षीय रेग बहादुर बिष्ट, पाल्पामा गाडी १२०० मिटर खसेर ३ महिला, बर्दियामा मोटरसाइकल दुर्घटनामा २३ वर्षीय संजोग थारू र रौतहटमा ट्रक–कार ठक्कर हुँदा ७९ वर्षीय भक्तबहादुर खत्रीको मृत्यु भएको प्रहरी जनाएको छ । 

सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट