Techie IT
२०८२ फागुन ५, मंगलबार

हेटौंडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ सान्नानटारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ भने पछाडि सवार एक जना घाइते भएका छन्।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको बा.प्र ०३–००१ ख ११७९ नम्बरको टिपरले ठक्कर दिएको थियो। दुर्घटनामा रुपेन्देहीका २८ वर्षीय मोटरसाइकल चालक जगदीश थारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार दाङ राप्ती गाउँपालिका–६ का २२ वर्षीय आदित्य चौधरी घाइते भएका छन्। उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार भएको टिपर र चालकलाई वसामाडी लेवट चौकीका प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट