Techie IT
२०८३ वैशाख २१, सोमबार

ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


दाङमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको गढवा गाउँपालिका–५ मा रा६प १७६९ नम्बरको मोटरसाइकल र रा१त ३४२९ नम्बरको ट्याक्टर आपसमा ठोक्किँदा मोटरसाइकल चालक ४२ वर्षीय भानु रिजालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका रिजालको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट