Techie IT
२०८३ असार १९, शुक्रबार

टिपर दुर्घटना: ५० मिटर तल खस्दा चार जनाको मृत्यु


पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। पाल्पाको झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु२ख ४५२५ नम्बरको टिपर माथागढी गाउँपालिका–७ रहबासस्थित भित्री सडकमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चिन्ता बहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देही देवदह नगरपालिका–२ खैरेनीका अन्दाजी २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी रहेका छन्।

प्रहरीका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा भैरहवा मेडिकल कलेज मा ज्यान गएको हो।

दुर्घटनामा परेको टिपर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट